मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिइने ‘इन्फा’को उत्कृष्ट पाँच मनोनयन घोषणा (सूचीसहित)

मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिइने ‘इन्फा’को उत्कृष्ट पाँच मनोनयन घोषणा (सूचीसहित)

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली सिनेमा अवार्ड (इन्फा) २०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।

इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबीच २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो । साथै मनोनयनमा पर्न सफल कलाकार तथा सिनेमाकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

यस वर्ष २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली सिनेमामध्ये अनुभवी तथा स्वतन्त्र निर्णायक मण्डलले गरेको निष्पक्ष मूल्यांकनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको आयोजकले जनाएको छ ।

निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा छन् ।

मनोनयन सार्वजनिक गर्नुअघि मनोनयनमा परेका सिनेमा तथा सिनेमाकर्मीहरूको परिचय समेटिएको श्रव्यदृश्य (एभी) प्रदर्शन गरिएको थियो । त्यसपछि प्रत्येक विधामा उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राविधिकलाई मञ्चमा आमन्त्रण गरी मनोनयन प्रमाणपत्र प्रदान गरिएको थियो ।

निर्देशक तथा अवार्ड चिफ कोअर्डिनेटर मनिष कार्कीले बेलायतमा सफलतापूर्वक सम्पन्न पहिलो र दोस्रो संस्करणको अनुभवलाई आत्मसात गर्दै यस वर्षको ईन्फा अवार्ड नेपालमै अझ भव्य, सभ्य र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने जानकारी दिए ।

उनले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै विश्वसामु नेपाली सिनेमाको पहिचान स्थापित गर्ने ईन्फाको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए ।

यो अवसरमा नेपाली सिनेमा क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ ।

इन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न भएका थिए । तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । अवार्ड समारोह आगामी साउन ३० गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुनेछ ।

यस्तो छ उत्कृष्ट ५ को मनोनयन सूची

१. उत्कृष्ट सिनेमा
आ बाट आमा – चन्द्र पन्त
ऊनको स्विटर – आर्टमाण्डु नेपाल
कोशेढुंगा – पदम बहादुर श्रेष्ठ
जेरीः अन टप – सरोज न्यौपाने
परान – रञ्जित आचार्य/शेखर गोल्छा

२. उत्कृष्ट निर्देशक
दीपकप्रसाद आचार्य – परान
नविन चौहान – ऊनको स्विटर
सरोज पौडेल – कोशेढुंगा
सुदिप्ता – रमिताको पिरती
सुयोग गुरुङ – जेरीः अन टप

३. उत्कृष्ट अभिनेता
अनमोल केसी – जेरीः अन टप
नाजिर हुसेन – गुन्यु चोलो
नीर शाह – परान
पल शाह – आ बाट आमा
विपिन कार्की – ऊनको स्विटर

४. उत्कृष्ट अभिनेत्री
आना शर्मा – रमिताको पिरती
जसिता गुरुङ – जेरीः अन टप
मिरुना मगर – ऊनको स्विटर
रिश्मा गुरुङ – रिमै
सुरक्षा पन्त – कोशेढुंगा

५. चरित्र अभिनेत्री
कविता आले-जनै हराएको मान्छे
लक्ष्मी गिरी – श्री बुकुरो
विपना थापा – आ बाट आमा
रमा थपलिया – जन्ते बाख्रो
ऋचा शर्मा – बलिदान

६.चरित्र अभिनेता
लोकेन्द्र लेखक – जन्ते बाख्रो
माओत्से गुरुङ – रिमै
माओत्से गुरुङ – ऊनको स्विटर
वुद्दि तामाङ – माइतीघर
सन्तोष पन्त – हर्ष

७. उत्कृष्ट द्वन्द्व निर्देशक
राजु तामाङ – नरसिंहा अवतार
सम्राट बस्नेत-राजु तामाङ -जेरीःअनटप
श्री श्रेष्ठ – परिवर्तन
श्री श्रेष्ठ – राम नाम सत्य
श्री श्रेष्ठ र स्टनर शाम – बलिदान

८. उत्कृष्ट खलपात्र
अर्जुन जंग शाही – मोहर
दिव्यदेव पन्त – हरि बहादुरको जुत्ता
प्रवीण खतिवडा – कोशेढुंगा
हेमन्त बुढाथोकी – बलिदान
श्रृष्टि श्रेष्ठ – द ब्लूलाइट

९. उत्कृष्ट छायांकार
चिन्तन राज भण्डारी – ऊनको स्विटर
दुलिप रेग्मी – जेरीः अन टप
नरेन्द्र मैनाली – द ब्लूलाइट
सुजन प्रजापति – माइतीघर
शैलेन्द्र डी कार्की – रिमै

१०. उत्कृष्ट सह-अभिनेता
आर्यन सिग्देल – कोशेढुंगा
प्रकाश दाहाल – अभिमन्यू
प्रकाश सपुत – माइतीघर
विनय श्रेष्ठ – रमिताको पिरती
वुद्दि तामाङ – भाइरल गोर्खे

११. उत्कृष्ट सह-अभिनेत्री
आँचल शर्मा – जेरीः अन टप
उपासना सिंह ठकुरी – के घर के डेराः घर नम्बर २
गौमाया गुरुङ – रिमै
प्रियंका कार्की – हरि बहादुरको जुत्ता
रेणुनाथ योगी – रमिताको पिरती

१२. उत्कृष्ट पाश्र्व संगीत
एलिस कार्की र शैलेन्द्र – आ बाट आमा
बज्र क्रियशन – ऊनको स्विटर
मोहक श्रेष्ठ – द ब्लू लाइट
रोहित शाक्य – रिमै
रोमन बज्राचार्य र निकेश – रमिताको पिरती

१३. उत्कृष्ट नव-अभिनेत्री
उषा उप्रेती – आ बाट आमा
खुशी कार्की – राम नाम सत्य
विनिता कार्की – पीआर
विना राउत – मन विनाको धन
श्यामाश्री शेर्पा – माइतीघर

१४. उत्कृष्ट नव-अभिनेता
अशोक दर्जी – मन विनाको धन
मन्जिल कुमार – कोशेढुंगा
विमोचन दवाडी-झरीपछिको इन्द्रेणी
समीर श्रेष्ठ – रमिताको पिरती
सुरज पौडेल – पीआर

१५. उत्कृष्ट पाश्र्व गायिका
झुमा लिम्बु – ऊनको स्विटर (काफ्ले)
मनिषा सुनार – नरसिंहा अवतार (तिम्रो मात्र)
रचना रिमाल – राम नाम सत्य (धागोले बाटेको)
सिमरन परियार – सिटामोल (औँठी सुनैको)
सोनिया बराइली – जेरीः अन टप (कुराउनी)

१६. उत्कृष्ट पाश्र्व गायक
एस।डी। योगी – राम नाम सत्य (हुम्लाको लिमी)
बाबुल गिरी – सिटामोल (औँठी सुनैको)
रवि ओड – आ बाट आमा (लैजा खबर)
साइराज खती – नरसिंहा अवतार (तिम्रो हुने)
सुजन चापागाईँ – ऊनको स्विटर (फूलहरू)

१८. उत्कृष्ट गीतकार
गोविन्द भट्ट – सिटामोल (मुटु भित्र खिल छ)
प्रभा बर्तौला – मोहर (सपना हो कि)
बाबुल गिरी – हामी तीन भाई (मैले जति दुःख)
बुद्धि सागर – ढुंगा देउता (के घर के डेराः घर नम्बर २)
हर्क साउद – ऊनको स्विटर (फूलहरू)

१९. उत्कृष्ट पटकथा
ओम प्रतिक – मोहर
नविन चौहान र सुरज – ऊनको स्विटर
बुद्धि सागर – के घर के डेराः घर नम्बर २
विश्वास तिमिल्सिना – जेरीः अन टप
सुदिप्ता अधिकारी – रमिताको पिरती

२०. उत्कृष्ट सम्पादन
कृष्ण भण्डारी – ऊनको स्विटर
नहकुल खड्का – हरि बहादुरको जुत्ता
निमेष श्रेष्ठ – जेरीः अन टप
बन्दे प्रसाद – राम नाम सत्य
सुनिल सिवाकोटी – रमिताको पिरती

२१. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – सिटामोल (झुम्का)
किरण थापा – जेरीः अन टप (कुराउनी)
रामजी लामिछाने-मोहर (चाहिदैन मोहर)
स्मृति तिमिल्सिना – कोशेढुंगा (नत्र भने)
सियोन श्रेष्ठ – राम नाम सत्य (हुम्लाको लिमि)