निश्चल र माला को नृत्य बाट सुरु भयो”पर्व”| चैत्र २५ मा हुनेछ रिलिज

निश्चल र माला को नृत्य बाट सुरु भयो”पर्व”| चैत्र २५ मा हुनेछ रिलिज

द सिनेमा टाइम्स
0
Shares

चलचित्र ‘पर्व’को छायांकन आजबाट सुरु गरिएको छ । ललितपुरको च्यासल खेल मैदान नजिकै भव्य सेट लगाएर चलचित्रको छायांकन सुरु गरिएको हो ।शुक्रबार र शनिबार यो सेटमा ‘काले काले’ बोलको गीतको छायांकन हुनेछ । यो गीतमा माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गर्नेछन् ।३५ दिनको सेड्यूलमा तयार हुने यो सस्पेन्स थ्रीलर कथालाई दिनेश राउतले निर्देशन गर्दैछन् । काठमाण्डौका विभिन्न स्थानमा चलचित्र खिचिनेछ । अधिकांश दृश्य इनडोर रहेको निर्देशक राउतले बताए ।टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्रको निर्माण हु“दैछ । एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने विभिन्न खालका क्रियाकलापमा यो चलचित्र बन्ने निर्देशकको भनाई छ ।
यो चलचित्रको मुख्य भूमिकामा नायिका नम्रता श्रेष्ठको साथमा नायक तथा गायक कोशिश क्षेत्री छन् । साथमा, माला लिम्बु, अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना यसको मुख्य भूमिकामा छन् । सुवास गिरी र निकिता पौडेलको यसमा लगानी छ । कोशिश क्षेत्रीको कथा, किरण माइकलको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी यो चलचित्रमा रहनेछ ।
चलचित्रको शुभ–मुहुर्तमा निर्देशक, निर्माता र कलाकारले पूजा गरेका थिए । यसपछि, कोशिशले मुहुर्त सर्ट दिएका थिए । ‘आई एम सरी, नोभेम्बर रेन र क्लासिक’ पछि निर्देशक राउतले फरक कथामा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको प्रदर्शन मिति चैत्र २५ लाई तोकिएको छ ।

नोट: हरेक शुक्रवार बेलुका ९  बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला,  हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ |  साथै  एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा  प्रोमो प्रसारण भैरेहेको  छ ।