प्रदीप उदयको नेतृत्वमा चलचित्र संघ

प्रदीप उदयको नेतृत्वमा चलचित्र संघ

द सिनेमा टाइम्स
0
Shares

नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाले प्रदीप कुमार उदयलाई नयाँ अध्यक्ष चयन गरेको छ । सर्वसम्मतको मतबाट प्रदीप उदय सहित १३ साधारण सदस्य र चैतन्य  बरालको सभापतित्वमा पाँच सदस्य पूर्वाञ्चल समिति समेत सर्वासम्मतले चयन भएपछि चलचित्र संघ भित्र मेलमिलाप छ । सर्वसम्मले कार्यसमिति चयन हुँदा यो कार्यसमितिले विगतका कार्यसमिति भन्दा केही पोजेटिभ रेस्पोन्स र सहयोगको माहोल पाउँने सम्भावना समेत देखाएको छ । पत्रकार शान्तिप्रिय, कलाकार सरिता लामिछाने र अधिवक्ता सूर्य कुमार विमलीको निर्वाचन समिति अनुसार उदयको नेतृत्वमा आएको यो नयाँ कार्यसमितिले आगामी तीन बर्ष सम्म चलचित्र संघलाई नेतृत्व गर्नेछ । साधारण सभामा नविनियूक्त अध्यक्ष र अन्य कार्यसमिति सदस्यहरुलाई फूल माला अविरले बधाई एवं शुभकामना दिईए पनि नयाँ कार्यसमितिलाई सपथ ग्रहण चाँहि गराईएन ।

बैशाखमा सम्पूर्ण कार्य समिति पदाधिकारीहरुले पद तथा गापनियताको सपथ ग्रहण गर्नेछन् । नेपाली चलचित्र क्षेत्रको सबै भन्दा जेठा संघको अध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित भएपछि अध्यक्ष उदयले आफ्नो दायित्व थपिएको महशुस भएको बताए । उनले भने, ‘अन्य संघ संस्थासँग मिलेर हातेमालो गर्दै अगाडी बढ्छौं । तर हाम्रो पनि अस्तित्व स्विकार भने हुनुपर्दछ ।’ फिल्म वितरक र प्रदर्शकको छाता संगठनको रुपमा रहेको नेपाल चलचित्र संघ करिब ६० वर्ष अगाडी स्थापना भएको हो । यो कार्यवधिमा नव निर्वाचित अध्यक्षका पिता द्वारिका प्रसाद उदय नै दुई दुई पटक अध्यक्ष पदमा निर्वाचित भैसकेका छन् ।

अध्यक्ष : प्रदीप कुमार उदय

सदस्य : नरेन्द्र  महर्जन

सदस्य : विक्रम पराजुली

सदस्य : मिजास पोखरेल

सदस्य : कपिल द्धा

सदस्य : गोपाल काजी कायस्थ

सदस्य : मधुसुदन प्रधान

सदस्य :अर्जुन श्रेष्ठ

सदस्य : अशोक शर्मा

सदस्य : बिरेन्द्र नारायण श्रेष्ठ

सदस्य : ओम जैसी

सदस्य :नारायण आचार्य

सदस्य : राजिव शाह

सदस्य : मदनमान बज्राचार्य

पूर्वाञ्चल समिति सभापति : चैतन्य बराल सदस्यहरु : मुकुल श्रेष्ठ, जगदीश गुप्ता, पर्शुराम चौधरी र  गणेश खड्का