रोमान्टिक प्रेमकथामा ‘मधुमालती’ घोषणा

रोमान्टिक प्रेमकथामा ‘मधुमालती’ घोषणा

द सिनेमा टाइम्स
0
Shares

काठमाण्डौ। तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने गरी फिल्म ‘मधुमालती’ घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक प्रेमकथा बोल्ने फिल्म निर्माणको घोषणा गरिएको हो ।
फागुन १५ बाट फ्लोरमा जाने भनिएको फिल्मलाइ शिशिर चालिसेले निर्देशन गर्दैछन् । निर्देशनमा डेब्यू गर्न लागेका चालिसेले भेट्रान निर्देशकको उपमा पाएका दिवंगत शिव रेग्मी, विकास आचार्य, सुदर्शन थापा लगायतसँग २४ चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।
फिल्मको कथा पनि चालिसेकै हो । कार्यक्रममा बोल्दै उनले अनुभवी निर्देशकहरुसँग काम गर्दाको आफ्नो सम्पुर्ण अनुभव र मेहनत खर्चिँदै उत्कृष्ट फिल्म बनाउने प्रयास आफ्नो रहने बोले ।शंकर कार्की निर्माता रहेको फिल्मलाइ नवराज उप्रेतीले खिच्दैछन् । रुपा राना, केशव भट्टराई, अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायतको लिड अभिनय रहने फिल्ममा संगीत दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहनेछ । चलचित्रका सह–निर्माता श्याम खड्का हुन् ।१ करोड बजेटमा निर्माण हुने भनिएको फिल्मलाई काठमाडौं, ईलाम र हेलम्बुमा खिचिने बताइएको छ । फिल्म साहित्यकार रमेश विकलको उपन्यास ’मधुमालतीको कथा’मा आधारित नभएको समेत निर्माण टिमले स्पष्ट पारेको छ ।