‘दर्पण छायाँ २’ को ट्रेलर रिलिज

‘दर्पण छायाँ २’ को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

 ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल फिल्म ‘दर्पण छायाँ २’ को ट्रेलर सार्वजनिक भएको छ । झण्डै साढे तीन मिनेट लामो सार्वजनिक ट्रेलरमा लेखक तथा निर्देशक तुलसी घिमिरेको न्यारेशन छ । कस्तो बनेर आयो त फागनु २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दर्पण छायाँ २’ को ट्रेलर ? हेर्नुस् : साहारा फिल्मसको पहिलो प्रस्तुती रहेको फिल्म ‘दर्पण छायाँ २’ मा पुष्पल खड्का, साहारा, श्रद्धा प्रसाईं, फिरोज तिमल्सिनाको मुख्य भूमिका रहेको छ । यी नव प्रस्तुतीसँगै कलाकारहरु शेर बहादुर गुरुङ, जीवन आचार्य, सुमन घिमिरे लगायतको पनि फिल्ममा अभिनय रहेको छ । साबु गदाल कार्की र रवि कार्की निर्माता रहेको फिल्ममा डा.लोप्साङ लामा प्रस्तुतकर्ताको रुपमा प्रस्तुत भएका छन् । छायाँकन रामेश्वर कार्कीको रहेको छ । रञ्जितसिंह गज्मेर र चन्दन लोमञ्जेल संगीत रहेको फिल्ममा सावु रविको शब्द छ । फिल्ममा अभिनय समेत गरेका वरिष्ठ निर्देशक घिमिरेले युवा पुस्तालाई लक्षित गर्ने गरी ट्रेलर तयार गरेका छन् । ट्रेलरमा उनले आफ्नो न्यारेशन सहित कलाकारहरुको केही संवाद, रोमान्टिक र द्धन्द्धका दृश्यहरुलाई अटाएका छन् । ईतिहास रच्न सफल फिल्मको सिक्वेलले दर्शकमाझ कस्तो छाप छोड्ला त ? प्रतिक्षा गरौं