‘पञ्चायत’को फर्स्टलुक पोस्टर रिलिज

‘पञ्चायत’को फर्स्टलुक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

नेपाली राजनीतिको एक ईतिहास झल्काउने उद्देश्य सहित निर्माण भएको फिल्म ‘पञ्चायत’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुङ्गाना मुख्यतः फिरचिङमा छन् । कलावती फिल्मस् प्राली र हेटौंडा मुभि मेकल टिमको संयुक्त ब्यानरमा बनेको फिल्मलाई सिवम अधिकारीले निर्देशन गरेका हुन् । पोस्टर रिलिजसँगै फिल्मको प्रदर्शन मिति पनि तय भएको छ । फिल्म आउँदो फागुन १८ मा प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।

यसअघि नै फिल्म विभिन्न ठाउँमा च्यारेटी हुनेछ भने अन्तर्राष्ट्रिय प्रदर्शन पनि हुनेछ । गणेश गिरीको प्रस्तुतीमा तयार भएको फिल्मका कार्यकारी निर्माता रवि अधिकारी छन् । सुशान्त श्रेष्ठ र शंकर सुवेदी मुख्य निर्माता हुन् । रामेश्वर कार्कीले फिल्म खिचेका छन् । टंक बुढाथोकीको संगीत रहेको फिल्ममा सरोज र नीतासँगै रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत,बिशाल पहारी, किरण थापा,राजुबाबु श्रेष्ठ लगायतको अभिनय समावेश छ ।