उत्कृष्ट प्रेमकथा लेख्ने एलिशालाई ‘लभ लभ लभ’ ले दियो एक लाख पुरस्कार

उत्कृष्ट प्रेमकथा लेख्ने एलिशालाई ‘लभ लभ लभ’ ले दियो एक लाख पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

फिल्म ‘लभ लभ लभ’ को तर्फबाट एक महिना पहिले घोषणा गरिएको ‘आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस’ कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । ‘लभस्टोरी’ पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख नगद थमाएकी थिईन् । कार्यक्रममा निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का पनि सहभागी थिए ।

कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा ‘गुदी’ भेटेको तर्क गरे । ‘फिल्म बन्ने नै खालको कसैको पनि पाईएन्, खनालले भने, ‘एलिशा जी ले पठाएको कथाको क्लाईमेक्स म स्वयंमले लेखेको ‘लभ लभ लभ’सँग मेल खाने जस्तो पाएँ, अन्यको तुलनामा संभावना बोकेका लाईनहरु उहाँको कथामा छ ।’ उता विजयी भएको कुरालाई ठुलो सरप्राइज भन्दै नर्भस देखिएकी एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् । गत हप्ता सम्पन्न एक सौन्दर्य प्रतियोगितामा भाग लिएर ‘वेष्ट फिगर’ तर्फ विजेता बनेकी एलिशा होटल म्यानेजमेन्ट तर्फ स्नातक तहकी विधार्थी हुन् । बैशाख १ मा रिलिजको लागी तयार फिल्मले यो प्रकारका आधा दर्जनजति पुरस्कार योजना सहितका कार्यक्रम गरिसकेको छ ।