नेपालमा हिट भएको ‘लप्पन छप्पन’ अब बेलायतमा

नेपालमा हिट भएको ‘लप्पन छप्पन’ अब बेलायतमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । गएको बर्षको चैत ११ गते नेपाल रिलिज भएको ‘लप्पन छप्पन’ अब बेलायतमा प्रदर्शन हुने भएको छ । दयाहाङ  राई र सौगात मल्ल स्टारर ‘लप्पन छप्पन’ ले घरेलू बजारबाट ४ करोड ग्रस विजनेश गरेको थियो । बेलायत प्रदर्शनसंगै फिल्मले विदेश प्रदर्शनको सुरुवाती गर्नेछ । र, अन्य देशमा पनि प्रदर्शन हुनेछ ।

३२ बक्स नामक एउटा समूहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन ‘लप्पन छप्पन’ प्रदर्शन गर्दैछ । ६ सय ८० जना सिट क्षमता भएको प्रिन्सेल हल बेलायतबासी नेपालीमाझ निकै चर्चित छ । हलीउड फिल्महरुमात्र रिलिज हुने हलमा नेपाली फिल्म ‘लप्पन छप्पन’ रिलिज हुन लाग्दा बेलायतमा बस्ने नेपालीहरुले खुसी महशुस गरेका आयोजकमध्ये एक एलबीजेड गुरुङले जानकारी दिए । उनले बेलायतमा नेपाली फिल्म प्रवद्र्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको बताए ।

फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी छ । ३२ बक्स समूहमा एलबीजेड गुरुङ, दिपेश राई, प्रशान्त थापा, अभ्या कोइराला र ज्ञान गुरुङ छन् । सोही समूहमा आवद्ध युवाहरुले इन्फाका तर्फबाट यसअघि ‘गाजलु’, ‘पुरानो डुंगा’ जस्ता फिल्म बेलायतको सिने वल्ड र भ्यू हलमा देखाएका थिए ।