दिपेन्द्रको निर्देशनमा नेपाल देखि टेक्साससम्मको कथा

दिपेन्द्रको निर्देशनमा नेपाल देखि टेक्साससम्मको कथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दिपेन्द्र के खनालको निर्देशनमा बन्ने नयाँ फिल्मको घोषणा भएको छ । अनटाइटल प्रोजेक्टमा निर्मात्री शर्मिला पाण्डेको लगानी रहनेछ । यसअघि ‘लभ लभ लभ’मा सहकार्य गरिसकेको यो जोडीले महँगो लगानीमा फिल्म बनाउन लागेको हो । फिल्मको बजेट ५ करोड माथि पुग्ने बताइएको छ ।

निर्देशक खनालले यसपटक महँगो बजेटमा नेपाल देखि अमेरिकासम्मको कथालाई पर्दामा उतार्ने भएका छन् । फिल्ममा गैरकानुनी रुपमा ‘मेक्सिको हुदै अमेरिका जाने’ नेपालीको कथा प्रस्तुत गरिनेछ । गैरकानुनी रुपमा अमेरिका छिर्न चाहने नेपालीहरुले भोग्नु परेका दुख र पिडालाई पर्दामा उतारिने छ ।

नेपाल इन्डिया, थाईल्यान्ड, ब्राजिल, कोलम्बिया, मेक्सिको हुँदै अमेरिकाको टेक्साससम्मको भूमिमा छायांकन गरिने फिल्ममा तिन जना मुख्य पात्र हुनेछन । फिल्मका लागि अहिले खगेन्द्र लामिछाने अनुबन्धित भैसकेका छन् । फिल्मका अन्य मुख्य  दुई कलाकार भने फाइनल भएका छैनन् ।

खगेन्द्र र दिपेन्द्रको लागि यो तेस्रो साझेदारी हो । यसअघि यो जोडीले ‘पशुपति प्रसाद’ र ‘धनपति’मा संगै काम गरिसकेका छन् । सुरज सिने आर्टसको प्रस्तुती रहने फिल्म मङ्सिरबाट फ्लोरमा जानेछ ।

निर्मात्रीको गुनासो:-

निर्मात्री शर्मिला पाण्डेले आफ्नो पहिलो फिल्म ‘लभ लभ लभ’बारे गुनासो पोखेकी छिन । राम्रो फिल्म बनाउदा पनि वितरकले धेरै हल उपलब्ध नबनाइँदिदा उलेख्य दर्शकले फिल्म हेर्न नपाएको प्रति आफुलाई दुख लागेको बताइन । साथै मिडियाको सहयोगमा आभार व्यक्त गर्दै छोरा सुरजलाई ज्ञान तालिम दिएर मात्र अर्को फिल्ममा खेलाउने बताइन ।