‘मेरी कुसुम’लाई ‘पीजी’ सर्टिफिकेट

‘मेरी कुसुम’लाई ‘पीजी’ सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेरी कुसुम’लाई फिल्म सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । फिल्ममा समावेश एक एक्सन दृश्यका कारण ‘पीजी’ सर्टिफिकेट प्राप्त भएको सह-निर्माता रविन्द्र कुँवरले जानकारी दिए ।
एनआर घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्मको छायांकन म्याग्दी, पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा गरिएको छ । कलाकार मोहन बोगटीले भने–‘हामीले यो चलचित्रमा प्रेम कथाका साथमा सामाजिक बिषयलाई उठान गरेका छौ ।’ सुनिता शर्मा बोगटी यस फिल्मको निर्मात्री हुन् । फिल्मको ५ मे मा दुवईमा विशेष  शो हुदैछ ।