फ्रेस लोकेशनमा खिचिएका गीतहरु, कुन मन पर्यो तपाईलाई ?

फ्रेस लोकेशनमा खिचिएका गीतहरु, कुन मन पर्यो तपाईलाई ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । हिजो आज फिल्मका गीतमा दर्शकले प्राय फ्रेस लोकेशन देख्न पाउँछन । अहिले नेपाली फिल्म क्षेत्रमा फ्रेस लोकेशनमा लभसङ खिच्ने होडबाजी नै चलेको छ भन्दा फरक नपर्ला ।

केहि समय अगाडीसम्म राजधानी वरपरका जंगलमा कलाकारहरु लुकामारी खेल्थ्ये । त्यतिबेला गीत संगीतमा ध्यान दिइन्थ्यो, लोकेशनमा होइन । प्राय गीतको भिडियोमा थुप्रै कोरस नचाउने प्रचलन पनि विस्तारै कम हुदैछ । कोरसमा खर्च हुने पैसा अहिले फिल्मकर्मी फ्रेस लोकेशन खोज्नमा खर्चिन्छन । ‘प्रेमगीत’, ‘ड्रिम्स’ लगायतका फिल्मले पछिल्लो एक वर्षमा गीत छायांकनको पृष्ठभूमी नै परिवर्तन गरिदिएका छन् ।

दर्शक पनि फ्रेस लोकेशनलाई मन पराइरहेका छन् । उसो त पछिल्लो समय नेपालकै हिमाली क्षेत्र फिल्मी गीतका लागि आकर्षणको केन्द्र हुदै गैरहेको छ । सुन्दर भएर पनि पर्यटकको नजरमा नपरेका ठाउँ अहिले फिल्मकर्मीको नजरमा परिरहेका छन् ।

पहिले पुर्वका केहि स्थानहरु छायांकन गरिएका भिडियोहरुले चर्चा पाउँथे । तर, दर्शकका नजरमा पर्न नसकेका पश्चिम नेपालका सुन्दर ठाउँहरु अहिले पर्दाका लागि कैद हुदैछन् । ईलामको ‘चियाबारी’ रसुवाको ‘गोसाइँकुण्ड’, कास्कीको ‘पोखरा’, मनाङको ‘तिलिचो’ मुस्ताङको ‘जोमसोम र अप्पर मुस्ताङ’, स्याङजाको ‘भालु पहाड’, लुम्बिनी परिसर, मुगुको ‘रारा’ र कैलालीको ‘घोडाघोडी’ लगायतका ठाउँ फिल्मी गीत मार्फत दर्शकले देख्न पाईसकेका छन् ।

यो बर्ष प्रदर्शनमा आउन लागेका धेरै फिल्ममा नेपाल देखि लिएर विदेशसम्मका लोकेशनहरु कैद भएका छन् । आज सिनेमा टाइम्सले सुन्दर लोकेशनमा खिचिएका केहि गीतहरु प्रस्तुत गरेको छ । तपाईहरु पनि हेर्नुस र मज्जा लिनुस । कुन गीतको लोकेशनले तपाईको मन जित्यो ?

भन्छु आज… (म यस्तो गीत गाउँछु)

लोकेशन: अप्पर मुस्ताङ

कसम हो कसम… (ए मेरो हजुर २)

लोकेशन: तिलिचो ‘मनाङ’

कहानी यो प्रेमगीतको… (प्रेमगीत २)

लोकेशन: थाइल्याण्ड 

तिमि बिना मान्दैन यो मन… (जोनी जेन्टलम्यान)

लोकेशन: भारत 

जब सम्म…(हिटलर)

लोकेशन: रारा ‘मुगु’

उडे उडे उडे…(सायद २)

लोकेशन: पोखरा 

मलाई माफ गर प्रिय…(राधे)

लोकेशन: कालिन्चोक ‘दोलखा’

अधुरो थियो सपना…(किङ)

लोकेशन: लुम्बिनी 

बाबरी…(रोमियो)

लोकेशन: सिक्लेस ‘कास्की’

छपक्कै…(राधा)

लोकेशन: ईलाम 

फिल्म ‘लभ लभ लभ’ को ‘गोसाइँकुण्ड’ र ‘सायद २’को ‘अप्पर मुस्ताङ’मा छायांकन गरिएका गीत युट्युब सार्वजनिक नभएकाले समावेश भएका छैनन |