ललितपुरको कुमारीपाटीमा शुक्रबारबाट पिज्जा पारखीका लागि लक्षित गर्दै ‘पीज्जा वर्ल्ड’को शाखा सञ्चालनमा ल्याइएको छ । पिज्जा वल्र्डको नायिका केकी अधिकारीले रिबन काट्दै शुभारम्भ गरिन् ।
उद्घाटन कार्यक्रममा केकीसँगै पूजा शर्मा, छुल्ठिम गुरुङ, रीमा विश्वकर्मा, गजित बिष्ट, गम्भिर बिष्ट लगायत सहभागी थिए । काठमाण्डौको बौद्धपछि ललितपुरको कुमारीपाटीमा ‘पीज्जा वर्ल्ड’को शाखा संचालनमा आएको हो ।
पिज्जा वल्र्ड सञ्चालकमध्येका एक विनोद पौडेलले आफूहरुले हरेक प्रकारका पीजाहरु ग्राहकलाई सुपथ मुल्यमा उपलब्ध गराउने बताए।
‘पिज्जाबाहेक पास्ता, स्पाइसी चिकेन, चिकेन तन्दुरी लगायतका खानकुरा पनि यहाँ पाइन्छन् , उनले अगाडी थपे ।
प्रतिक्रिया