वृद्ध र असाहयलाई ‘लालटिन’ सिनेमाको सहयोग

वृद्ध र असाहयलाई ‘लालटिन’ सिनेमाको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ २६ लाई प्रदर्शन मिती तय गरेर प्रचारप्रसारमा उत्रेको ‘लालटिन’ सिनेमाले सार्वजनिक मिती नजिकिदै गर्दा आफुलाई दर्शक माझ पुर्याउन हरेक कोशिस गरिरहेको छ ।

मुख्य कलाकारहरुले प्रचारमा साथ नदिएपनी प्रस्तुतकर्ता भानु प्रतापले अन्य सदस्यहरु साथ लिएर सिनेमाको प्रचार गरिरहेका छन् । यसैक्रममा ‘लालटिन’ टिमले प्रचारसंगै समाजसेवाको कार्य पनी अघी बढाएको छ । शनिबार सिनेमाका कलाकार, निर्माताले पशुपति, संकटा लगायतका क्षत्रेमा पुगेर वृद्ध, असाहयहरुलाई कपडा वितरण गरेका छन् ।

सिनेमाका निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसीको साथमा कलाकारहरु निर्जन थापा, राज कटुवाल, गायक विनोद ढकाल पशुपति र संकटा मन्दिर पुगेका थिए । यस्तो खालको समाजसेवालाई निरन्तरता दिइने निर्माणपक्षको भनाई छ ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, अर्जुन जंग शाही, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।