‘म यस्तो गीत गाउँछु’मा कस्ता छन् त संवाद ?

‘म यस्तो गीत गाउँछु’मा कस्ता छन् त संवाद ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । काठमाण्डौको सिने जोन स्टूडियोमा अभिनेत्री पुजा शर्मा सिनेमाको डबिङमा व्यस्त थिइन् । उनले सिनेमाको संवाद बोलिन्-‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसँगै लिन पाए ।’

निर्देशक सुदर्शन थापा पूजालाई संवाद शैली सिकाउँदै थिए । उनले अर्को रमाइलो संवाद बोलिन्-‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’ साथै सिनेमा ‘प्रेमगीत’मा समावेश एक संवाद पनि बोल्न भ्याइन । ‘तँ त मैले मात्र भन्न पाउँछु ।’

यो संवाद अहिले पनि दर्शकको मुखमा झुण्डिएको छ । धेरै दर्शकले यही संवादका कारण पनि पूजालाई रुचाएका थिए । अब, दर्शकले पूजाको यो संवाद नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि सुन्न पाउनेछन् ।
असार ३० गतेबाट रिलिज हुने यो सिनेमामा पूजाको जोडीको रुपमा नायक पल शाहले अभिनय गरेका छन् । सिनेमा भित्र पनि पलको नाम ‘पल’ नै हुनेछ । पूजाले एउटा यस्तो संवाद डबिङ गरिन्-‘सबैथोक आफूले चाहेको मात्र हुँदोरहनेछ पल ।’

सिनेमाको ‘भन्छु आज’ बोलको गीतको भिडियो सार्वजनिक भैसकेको छ भने अडियो जुकबक्स पनि रिलिज भैसकेको छ । दर्शकले सिनेमाको अडियो र भिडियोलाई अत्याधिक रुचाएका छन् ।

प्रेमकथामा आधरित यो सिनेमाको बारेमा पूजा भन्छिन्-‘यसपटक पनि दर्शकले मलाई सिनेमा हेरिसकेपछि संझने धेरै संवादहरु सिनेमामा छन् । गीतको रुपमा ‘प्रेमगीत’मा दर्शकले मलाई जसरी रुचाइदिनुभयो, त्यसरी नै ‘म यस्तो गीत गाउँछु’बाट माया पाउनेमा ढुक्क छु ।’