मुलधारका अवार्डमा ‘सेतो सुर्य’ र ‘कालो पोथी’ले भाग नलिने

मुलधारका अवार्डमा ‘सेतो सुर्य’ र ‘कालो पोथी’ले भाग नलिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । गत बर्ष प्रदर्शनमा आएर समिक्षकबाट तारिफ बटुलेका दुई सिनेमा ‘कालो पोथी’ र ‘सेतो सुर्य’ मुलधारका अवार्डमा सहभागी नहुने भएका छन् । यी दुई सिनेमा गत बर्ष समिक्षकको सर्वाधिक रेटिङमा परेका थिए ।

नेपालमा हुने एक दर्जन भन्दा बढी अवार्ड मध्ये चलचित्र विकास बोर्डले आयोजना गर्ने विशेष फिल्म अवार्ड, राष्ट्रिय अवार्ड र समिक्षक समाजको क्रिटिक्स अवार्डमा मात्र यी सिनेमाले भाग लिने स्रोतले बताएको छ । ‘सेतो सुर्य’का निर्देशक दीपक रौनियार र ‘कालो पोथी’का निर्माता छिरिङ रितार शेर्पाले मुलधारे अवार्डमा भाग नलिने जानकारी दिएका हुन् ।

केहि समय अगाडी मात्र मनोनयन सार्वजनिक भएका ‘एनएफडीसी’ र ‘डी सिने’ अवार्डमा पनी यी दुई सिनेमाले भाग लिएका छैनन् । मिनबहादुर भाम निर्देशित ‘कालो पोथी’ र दीपक रौनियार निर्देशित ‘सेतो सुर्य’ले विदेश फिल्म फेस्टिभलबाट थुप्रै अवार्ड भित्र्याईसकेका छन् ।