प्रेमगीत २ सुखद ओपनिङ

प्रेमगीत २ सुखद ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

प्रेमगीत २  ले नेपाली बक्सअफिसमा  सुखद ओपनिङ  गरेको छ । देश भरका ८० पर्दामा   सिनेमा  रिलिज भएको छ ।   क्यूएफएक्सको काठमाडौं र मोफसल प्राय जसो  हल हाउसफूल रहे । मुख्य मल्टिप्लेक्सले शुक्रबार प्रदीप खड्का स्टारर ड्रामालाई १६ सोज दिएको थियो ।  शनिबार पनि उति नै सोज छन्  नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदा समेत फिल्मलाई पुग्यो । हलिउड र बलिउडकै ठूलो सिनेमा रिलिज नहुँदाको अर्को फाइदा पनि मिलेको छ।

कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले  हाउसफूल दर्शकको माझ  बसेर  सिनेमा हेरे । उनीहरुले दर्शकीय प्रतिक्रियालाई उत्साहजनक भनेका छन् । वितरक गोविन्द शाहीले पहिलो दिनको वर्ड अफ माउथ प्रभाव आगामी साता पर्ने बताए ।

रामशरण पाठक निर्देशित सिनेमाले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गर्छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको सिनेमालाई आशुसेन फिल्मसले निर्माण गरेको हो ।