भदौ ८: शरणार्थीको कथामा दुई सिनेमा, कसले जित्ला दर्शकको मन ?

भदौ ८: शरणार्थीको कथामा दुई सिनेमा, कसले जित्ला दर्शकको मन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ ८ गते दुई नेपाली सिनेमा प्रदर्शनमा आउँदै छन् । प्राय एकै मितिमा दुई सिनेमा प्रदर्शन हुने नेपाली बजारका लागि नौलो कुरा होईन । तर, यसपटक प्रदर्शन हुन् लागेका दुई सिनेमाले भने एकै कथाबस्तु उठाएका छन् ।

प्रकाश आङदेम्बे निर्देशित ‘देश खोज्दै जाँदा’ र विजय लिम्बु केरुङ निर्देशित ‘हामी शरणार्थी’ले नेपाली भाषी भुटानी शरणार्थीको विषयलाई सिनेमामा उतारेका छन् । ९० को दशकमा भुटानका दक्षिणी भेगका नागरिकहरुलाई सरकारले गैरनागरिक घोषणा गरेपछि १ लाख बढी नेपाली बासिको सम्पति लुटियो भने, कैयुँ चेलीबेटी बलात्कृत भए । भारतको बाटो हुँदै नेपाली बासिहरु रातारात नेपाल आईपुगे । करिब २५ वर्ष देखि नेपालमा भुटानी शरणार्थीको जीवन भोगिरहेका मध्ये करिब १ लाख तेस्रो मुलुक गैसकेका छन् ।

तर, कति नेपाली अहिले पनि आफ्नो देश फर्कन पाउँने आशामा शरणार्थीको रुपमा बस्न बाध्य छन् । यिनै शरणार्थीको जीवनीमा थुप्रै डकुमेन्ट्री र फिचर सिनेमा बनिसकेका छन् । तर, भुटानी शरणार्थीको इतिहाँसद्वारा रंगीन पर्दा मार्फत कुनै पनि सिर्जनाले मस्तिष्क छुन सकेका छैनन् । निर्देशक आङदेम्बे र लिम्बु आफ्नो सिनेमाले शरणार्थीको जीवन भोगाईका कुरालाई लामो समयको अनुसन्धान गरेर प्रस्तुत गरेको तर्क गर्छन । अब के भदौ ८ मा प्रदर्शनमा आउँन लागेका दुई सिनेमाले दर्शकको मन जित्लान त ?

यी दुवै सिनेमाको ट्रेलर र गीत सार्वजनिक भैसकेका छन्। हेर्नुस ट्रेलर र गीत:

देश खोज्दै जाँदा ट्रेलर:

https://youtu.be/TvE2Mc4leeQ

हामि शरणार्थी ट्रेलर:

देश खोज्दै जाँदा गीत:

हामि शरणार्थी गीत: