राजनराजको अर्को हिट: रेखा र आर्यनको केमेस्ट्रीलाई १० लाख भ्यु !

राजनराजको अर्को हिट: रेखा र आर्यनको केमेस्ट्रीलाई १० लाख भ्यु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । राजनराज सिवाकोटी पछिल्लो समयका लोकप्रिय संगीतकार हुन् । यो कुरा भनिरहनु पर्दैन । किनकी उनका पछिल्लो समय सार्वजनिक भएका गीतको लोकप्रियताबाटै प्रष्ट हुन्छ ।

यस्तै लगातार हिट गीत दिईरहेका राजनराजले नयाँ गीत हिट दिएका छन् । सिनेमा ‘रुद्रप्रिया’मा समावेश ‘चिरवीर चिरवीर चाँचरी’  बोलको गीत हिट भएको छ । यो गीत पछिल्लो समय स्टेज कार्यक्रम देखि विभिन्न पार्टी प्यालेसहरुमा गुन्जीरहेको छ । साथै युट्युबमा रिलिज भएको दुई सातामै यो गीतले १० लाख बढी भ्यु पाएको छ ।

युट्युबमा १५ सय बढी कमेन्ट पाएको गीतलाई सबैले रुचाएको प्रतिक्रिया दिएका छन् । करिब १७ हजार लाइक पाएको गीतलाई डीसलाइक गर्नेको संख्या निक्कै न्यून छ । २० लाखको आकर्षण सेटमा तयार गरिएको गीतलाई संजय लामाले खिचेका हुन् ।

राजन इशान एरेन्ज गरेको गीतमा राजनराज, मेलिना राई र ग्रीष्मा शिवाकोटी स्वर छ । आर्यन सिग्देल, रेखा थापा र राजन इशान फिचरिङ भएको गीतमा प्रविन सिंहको कोरियोग्राफी छ ।

सुदिप बबी भूपाल सिंहले निर्देशन गरेको सिनेमालाई रेखा थापाले प्रस्तुत गरेकी हुन् । कार्यकारी निर्माता रमेश एमके पौडेल रहेको सिनेमाको निर्मात्री सरस्वती थापा हुन् । सिनेमा लक्ष्मीपुजाको अवसर पारेर कार्तिक २ गते रिलिज हुदैछ ।