सुरु भयो सुविन भट्टराईको ‘समर लभ’ छायाँकन

सुरु भयो सुविन भट्टराईको ‘समर लभ’ छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । लामो समय देखि चर्चामा रहेको सिनेमा ‘समर लभ’ अन्तत: छायाँकनमा उत्रिएको छ । घोषणा भएको लामो समय हुँदा पनि फ्लोरमा जान नसकेको सिनेमाले सोमबार पुजापाठ गरि छायाँकन सुरु गरेको छ ।

सुविन भट्टराईले चर्चित पुस्तक ‘समर लभ’ माथि बन्न लागेको सिनेमालाई ‘नाइँ नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालले निर्देशन गर्नेछन । सिनेमामा नव-प्रस्तुति आशिष पिया र रेवती क्षेत्रीले मुख्य निर्वाह गर्नेछन् । साथै सिनेमामा नम्रता सापकोटा, शिशिर भण्डारी र मानस थापा लगायतका कलाकारले पनि अभिनय गर्नेछन् ।

सिनेमामा सुविन भट्टराईकै लेखन र सामिप्यराज तिमिल्सिनाको पटकथा संवाद रहनेछ । ६० दिनको सेड्युल तयार गरेको सिनेमालाई काठमाडौँ, पोखरा, धनगढी र नर्वेमा छायाँकन गरिनेछ । दशैं अगाडी नेपालमै छायाँकन गरिने सिनेमालाई त्यसपछी नर्वेमा छायाँकन गरिनेछ । सिनेमालाई नाइटेङ्गल फिल्मस व्यानरमा निर्माण गरिनेछ ।