बाढी पहिरो पिडित सहयोगार्थ ‘दुई रुपैयाँ’ टिम र ‘ई-सेवा’को नयाँ अभियान !

बाढी पहिरो पिडित सहयोगार्थ ‘दुई रुपैयाँ’ टिम र ‘ई-सेवा’को नयाँ अभियान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अविरल वर्षाका कारण देशमा थुप्रै जनधनको क्षति भएको छ । र, बाढी पहिरो पिडितका लागि विभिन्न निकायहरुले सहयोग गर्दै आईरहेका छन् ।

सहयोग अभियानमा नेपाली सिनेकर्मीहरुले पनि हात बढाउदै आईरहेका छन् । यसै विच भदौ २३ मा रिलिज हुने सिनेमा ‘दुई रुपियाँ’ टिमले पनि बाढी पिडित सहयोगार्थ नयाँ अभियान सुरु गरेको छ । ई-सेवा, जी टु वान पिक्चर्स र ब्ल्याकहर्स पिक्चर्सले सहकार्य गरेर मोबाईलबाटै पनि सहयोग गर्न सकिने अभियान सुरु गरेको हो ।

कसरि गर्ने सहयोग ?

यो अभियानमा सर्वसाधारणले आफ्नो मोबाइलबाट नै रकम योगदान गर्न सकिने प्रावधान छ । donation.esewa.com.np मा गएर रकम योगदान गर्न इच्छुक इ–सेवाका ग्राहकले आफूले चाहेको रकम, नाम, ठेगाना, र मोबाइल नम्बर प्रदान गरी रकम योगदान गर्न सकिन्छ ।

इ–सेवाको अकाउन्ट नभएकाहरूले भने आफ्नो मोबाइलको मोबाइल ब्याङ्किङ एपमा रहेको “फोन पे“ विकल्पमाhelpterai कोड  प्रयोग गरेर पनि रकम योगदान गर्न सकिन्छ ।

देशभरि रहेका इ–सेवाका एजेन्टहरूमा रकम प्रदान गरी यो अभियानमा सहयोग पु¥याउने प्रावधान पनि छ ।

विदेशमा रहेका नेपालीहरूले यो अभियानमा सहयोग गर्नका लागि ९७७ ९८६८८४२१२१ मोबाइल नम्बरमा भाइबर गरी रकम योगदान गर्ने जानकारी लिन सक्नु हुनेछ ।

यो अभियानका बारे थप जानकारी लिनका लागि esewa.com.np वा टोलफ्रि नं. १६६० ०१० २१२१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

https://youtu.be/02byfbCZwX0

क-कसले कति गरे सहयोग ?

यो अभियानमा अहिलेसम्म ४ लाख ५१ हजार रकम संकलन भएको छ । ‘दुई रुपियाँ’का कलाकार निश्चल बस्नेत ५१ हजार, आशिफ शाह ५१ हजार, मोबाईल/इन्टरनेटबाट सजिलै पैसा आदान-प्रदान गर्न सकिने कम्पनि ई-सेवा मार्फत २ लाख र ई-सेवाका कर्मचारी मार्फत १ लाख १ लाख ५१ हजार रकम संकलन भएको छ ।

यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै इ–सेवाको डोनेसन खण्डमा हेर्न पनि सकिनेछ ।