बाढी-पहिरो पिडितका लागि चलचित्र संघको राहत कोष !

बाढी-पहिरो पिडितका लागि चलचित्र संघको राहत कोष !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बाढी पहिरो प्रभावित जनताका लागि नेपाल चलचित्र संघले राहतको कोष स्थापना गरेको छ । राहत कोष स्थापना गर्दा सुरुवाती चरणमा २ लाख १० हजार संकलन भएको छ ।

चलचित्र संघ १ लाख, क्युएफएक्स सिनेमाज १ लाख र बिके फिल्मसबाट १० हजार रुपैयाँ संकलन भएको छ । संघका अन्य सदस्यबाट पनि साँझसम्म सहयोग प्राप्त हुने अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए ।

उदयले भने,  ‘बाढीबाट प्रभावित भएका जनताका लागि हाम्रो यो सानो सहयोग हो । बाढी पीडितको उद्धारमा जान नसकेपनि हाम्रो यो सहयोगले केहीको परिवारमा खुसी ल्याउन सकिन्छ । हाम्रो लक्ष्य १० लाख संकलन गरेर बाढी प्रभावितलाई वितरण गर्ने हो । हामि राहत कोषमा संकलन भएको रकम बाढी पीडितका लागि काम गर्दै आइरहेको संस्था एनएफसिसीलाई हस्तान्तरण गर्नेछौ ।’