प्रिमियरमा ‘ग्याङस्टर ब्लुज’लाई उत्कृष्ट प्रतिक्रिया !

प्रिमियरमा ‘ग्याङस्टर ब्लुज’लाई उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यहिँ शुक्रबारबाट प्रदर्शनमा आउँन लागेको सिनेमा ‘ग्याङस्टर ब्लुज’ रेड कार्पेट प्रिमियर राजधानीमा सम्पन्न भएको छ ।

राजधानीको चावहिलस्थित केएल टावरमा गरिएको प्रिमियरमा नेपाली सिनेकर्मीको बाक्लो उपस्थिति रह्यो । प्रिमियरमा सिनेमा हेरे पश्चात सबैले उत्कृष्ट सिनेमामा हेर्न पाएको प्रतिक्रिया दिए ।

हेमराज विसी निर्देशित सिनेमा हेर्न अभिनेता रमेश उप्रेती, आयुषमान देशराज जोशी, आशिरमान देशराज जोशी, संयम पुरी, अनुराग कुँवर अभिनेत्रीद्वय झरना थापा, प्रियंका कार्की, स्वस्तिमा खड्का, रीमा विश्वकर्मा, आश्मा डिसी, रोजिशा शाही लगायतको उपस्थिति रह्यो ।

त्यस्तै निर्देशक निश्चल बस्नेत, सुदर्शन थापा, हेमराज विसी, निर्माता सुनिलकुमार थापा र संगीतकार कालीप्रसाद बाँस्कोटाले पनि रेड कार्पेट नापे ।

तस्विर: उद्धव रसाईली