It’s Conform: ‘रेस ३’मा सलमान र ज्याक्लिन !

It’s Conform: ‘रेस ३’मा सलमान र ज्याक्लिन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । २००८ मा रिलिज भएको हिट फ्रेन्चाइज् ‘रेस’को तेस्रो सिरिज बन्ने भएको छ । ट्रेड एनालिस्ट गिरिश जोहरले दिएको जानकारी अनुसार ‘रेस ३’ यहिँ वर्षको अक्टुबरबाट फ्लोरमा जानेछ ।

सिनेमाका लागि सलमान खान र ज्याक्लिन फर्नान्डिज फाईनल भएका छन् । गिरिशले दिएको जानकारी अनुसार यो सिनेमालाई रेमो डिसुजाले निर्देशन गर्नेछन ।

निकै समय देखि प्रतिक्षा गरिएको तेस्रो सिरिजमा सलमान अनुवन्धित भएपछी अहिले ‘रेस ३’ चर्चामा पुगेको छ । यसको पहिलो भागलाई अब्बास मुस्तानले निर्देशन गरेका थिए । २००८ मा सर्वाधिक कमाई गर्ने चौथो सिनेमा बनेको ‘रेस’मा सैफअलि खान, विपासा वाशु, अक्षय खन्ना, अनिल कपूर, कट्रिना कैफ लगायतका कलाकारको अभिनय थियो ।

त्यस्तै अब्बासले नै निर्देशन गरेको ‘रेस २’मा सैफअलि खान, अनिल कपूर, दीपिका पादुकोण, जोन अब्राहम, ज्याक्लिन फर्नान्डिज लगायतका कलाकारको अभिनय थियो । सिनेमाले भारतीय बक्सअफिसमा सय करोड माथिको व्यापार गरेको थियो ।