‘छक्का पन्जा २’को ‘झ्याम्म झ्याम्म’ ट्रेन्डीङको शिर्ष स्थानमा !

‘छक्का पन्जा २’को ‘झ्याम्म झ्याम्म’ ट्रेन्डीङको शिर्ष स्थानमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दीपाश्री निरौला निर्देशित सिनेमा ‘छक्का पन्जा २’ को गीत युट्युब ट्रेन्डीङको नम्बर १ मा उक्लिएको छ । रिलिज भएको दोस्रो दिन देखि ट्रेन्डीङको टप ५ भित्र उतार-चढाव थेगेको ‘झ्याम्म झ्याम्म’ बोलको गीतले पाँचौ दिनमा नम्बर १ स्थान हाँसिल गरेको हो ।

पाँच दिनसम्म यो गीतलाई करिब ९ लाख पटक हेरिएको छ । रिलिज भएपछी चोरीको आरोप थेगेको गीत अहिले नकारात्मक रुपले चर्चामा छ । तर, गीतको पक्ष र विपक्षमा समान दर्शक उत्रिएका छन् | किरण कँडेलको संगीतमा निर्माण भएको गीतमा वरिष्ठ कलाकार हरिवंश आचार्य र गायिका आस्था राउतको स्वर छ । गीतमा ‘छक्का पन्जा २’का मुख्य कलाकार दीपकराज गिरी, प्रियंका कार्की, विल्सनविक्रम राई र बुद्दी तामाङ प्रस्तुत भएका छन् ।

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सिनेमामा वर्षा राउत, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतका कलाकारको अभिनय छ । यस प्रतिक्षित सिनेमा असोज ११ गते रिलिज हुदैछ ।