समीर बलामीको निर्देशनमा बिग बजेटको नेवारी सिनेमा बन्ने

समीर बलामीको निर्देशनमा बिग बजेटको नेवारी सिनेमा बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ संचारकर्मी समीर बलामीले नेवारी सिनेमा निर्देशन गर्ने भएका छन् । राजधानीमा एक प्रेसमिट गर्दै नेवारी सिनेमाको इतिहाँसमै महँगो बजेटमा निर्माण हुन् लागेको ‘आ छु याय’ (मनलाई सोधी हेर) घोषणा गरियो ।

सिनेमा ४० देखि ५० लाख विचको बजेटमा निर्माण हुनेछ । ‘अहिले नेवारी सिनेमा सामान्यतया ८ देखि १० लाखको बजेटमा फाट्टफुट्ट निर्माण भैरहेका छन् । ३० वर्षे लामो इतिहाँस बोकेको नेवारी सिनेमाले ३ दशक पुरा हुँदासम्म पनि आफुलाई परिपक्व बनाउँन सकेको छैन | सामान्य बजेटमा सिनेमा निर्माण हुन्छन । र, केहि संघसंस्थाको सहयोगमा च्यारिटी गरेर लगानी उठाउँछन् । तर, यति लामो समयसम्म पनि नेवारी सिनेमाले आफ्नो बजार विस्तार गर्न सकिरहेको छैन । त्यहिँ बजार विस्तारको बाटो खोज्दै हामीले बिग बजेटमा सिनेमा निर्माण गर्न लागेका हौ । ‘आ छु याय’ले नेवारी सिनेमा बजारलाई केहि माथि उठाउँछ भन्ने आशा राखेका छौ ।’ निर्देशक बलामीले भने ।

नेपाली र नेवारी भाषामा निर्माण हुने सिनेमालाई जिमिगु स: फिल्म प्रोडक्सनको व्यानरमा प्रकाशलाल जोशीले निर्माण गर्नेछन् । सिनेमाको लागि कलाकार फाईनल भइसकेका छैनन् । कलाकारको लागि अडिसन आव्हान गरिएको छ । ईच्छुक व्यक्तिले जिमिगु स: फेसबुक पेजमा गएर पनि निशुल्क फारम भर्न सक्नेछन । दशैँ लगतै गरिने अडिसनबाट सिनेमाको कलाकार तय हुनेछन । पोखरा मनाङ, मुस्ताङ र काठमाडौँमा छायाँकन गरिने सिनेमा अडिसन लगतै फ्लोरमा जानेछ ।