‘धुर्मुस सुन्तली फाउन्डेसन’लाई युकेबाट सहयोग, दिपेन्द्रले गरे चेक हस्तान्तरण

‘धुर्मुस सुन्तली फाउन्डेसन’लाई युकेबाट सहयोग, दिपेन्द्रले गरे चेक हस्तान्तरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको नयाँ बस्तीको लागि युकेबाट सहयोग प्राप्त भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि युकेमा रहेको ‘नेपाली भाषा संस्कृतीक केन्द्र’ र ‘बन्दथोक नेपाली समाज युके’ले सहयोग गरेको हो ।  युके संस्थाका अध्यक्ष सुमन प्रधान हुन् ।

सोमबार दुई संस्थाको संयुक्त प्रयासमा संकलन भएको २ हजार ३ सय ९१ पाउण्ड इस्ट्रेलिङ्ग फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ । युकेका संस्था प्रतिनिधि राजन फुयाँल र निर्देशक दिपेन्द्र के खनालले धुर्मुस सुन्तली फाउन्डेसनकी अध्यक्ष कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गरेका थिए ।