‘ऐश्वर्य’प्रदर्शनमा

‘ऐश्वर्य’प्रदर्शनमा

द सिनेमा टाइम्स
0
Shares

गीत संगीत र प्रोमोबाट चर्चामा रहेको फिल्म ‘ऐश्वर्य’ बिहिबार, छठ पर्वदेखि देशभरबाट प्रदर्शनमा आएको छ । रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र नव नायिका दीपिका प्रसाईंको मुख्य भूमिका रहेको यो फिल्मलाई आशाको केन्द्रमा राखिएको छ ।
दिवाकार भट्टराईको लेखन तथा निर्देशन रहेको ‘ऐश्वर्य’ धनको पछि लाग्ने व्यक्ति र त्यसबाट आउने परिणामको कथा हो । अर्जुन पोखरेलको संगीत रहेको ‘तिमी रोएको पल’ अहिले सर्वाधिक सुनिने गीतमा पर्न सफल भएको छ । राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकनको पनि प्रशंसा भैरहेको छ । फिल्ममा रामजी लामिछाने र तेञ्जु योञ्जनले कोरियोग्राफी गरेका छन् ।