नयाँ बर्षमा आउने भयो २.०

नयाँ बर्षमा आउने भयो २.०

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाण्डौ । नेपाली फिल्मको लागि राम्रो रिलिज डेट मानिने नयाँ वर्षमा यतिबेला पनि विभिन्न फिल्म रिलिज हुने चर्चा चलिनै रहेको छ । ठुला निर्माताले सो डेटमा फिल्म ल्याउन कसरत पनि गरिरहेक छन् तर त्यस मितिमा अब रोबर्टको सिक्वेल २.० आउने भएको छ । रजनिकांत , अक्षय कुमार र यमी ज्याक्सनको अभिनय रहेको यस फिल्मले सन् २०१८ को जनवरी २५ लाई रिलिज डेट तोकिएता पनि सोहि मितिमा अक्षयकै होम प्रोडक्सनमा निर्मित ‘प्याडम्यान’ आउने भएपछी २.० अप्रिल १३ मा आउने भारतीय मिडियामा खबर छ ।

भारतकै महँगो फिल्म भनिएको २.० पोष्टर सार्वजनिक भए यता नै चर्चामा छ । रोबर्टको सिक्वेल रहेको यस फिल्मको अडियो लन्चले नै सबैको ध्यान तान्न सफल भएको थियो । अक्षयले फिल्मको प्रमोसनमा सघाउने भएपछी निर्देशक शंकर सहितको टीमले अघिल्लो वर्ष बाहुबली २ रिलिज भएकै डेटमा यसलाई रिलिज गर्ने मनसाय बनाइसकेको छ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने निर्देशकसंगै निर्माता समेत रहेका शंकरले प्रोडक्सन कम्पनिसंगको छलफलपछी यसलाई छिटै घोषणा गर्दैछन ।