‘फाटेको जुत्ता’ पोस्टरमा दयाहाङको अनौठो अवतार !

‘फाटेको जुत्ता’ पोस्टरमा दयाहाङको अनौठो अवतार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ ­- प्रतिक्षित सिनेमा ‘फाटेको जुत्ता’ प्रदर्शनमा आउन ३ दिन बाँकी छ । यसै बीच सिनेमाले दयाहाङ राई फिचरीङ काउनडाउन पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा दयाहाङ निक्कै फरक अवतारमा प्रस्तुत भएका छन् । निकेश श्रेष्ठ निर्देशित सिनेमामा दयाहाङ र बर्षा राउत केमियो भूमिकामा रहेको जानकारी निर्माण टिमले यसअघि नै जानकारी दिएको थियो । तर, नेपालमा केमियो रोलको पोस्टर सार्वजनिक भएको सम्भवत: यो नै प्रथम पटक हुनु पर्छ ।

फरक अवतार र फरक तरिकाबाट रिलिज गरिएको यो पोस्टरबाट ‘फाटेको जुत्ता’ प्रति दर्शकको कौतुहलता अझ बढ्न सक्नेछ । यसअघि सार्वजनिक गरिएका प्रचार सामाग्रीबाट ‘फाटेको जुत्ता’ले एक किसिम हाइप बनाईसकेको छ ।

अर्जुन कुमारले निर्माण गरेको यस सिनेमामा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । प्रवेश मल्लिक र शंकर थापा सांगीतिक सिनेमाका गीत/संगीत अहिले चाटबस्टर हिट छन् ।

कार्तिक १७ गते रिलिज हुने सिनेमामा कविराज गहतराज र राजीव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द छ ।