आफ्नो बलिउड डेब्यु समाचारबारे सृष्टिले यसरी गरिन खण्डन !

आफ्नो बलिउड डेब्यु समाचारबारे सृष्टिले यसरी गरिन खण्डन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री सृष्टि श्रेष्ठले बलिउडमा डेब्यु गर्न लागेको समाचारहरुले अहिले विभिन्न संचार माध्यममा स्थान पाईरहेका छन् ।

बलिउडमा डेब्यु गर्ने समाचारबाट चर्चामा आएकी सृष्टिले अन्तत: उक्त समाचारको बारेमा मुख खोलेकी छन् । फेसबुकमा समाचार बारे स्टाटस लेखेकी सृष्टिले उक्त समाचारको खण्डन गरेकी छन् ।

‘सुचना सम्भवत: पावर हुन सक्छ । तर, गलत सूचना दिनु पनि शक्तिको दुरपयोग हो । प्रिय प्रशंसकहरु, मैले भारतीय सिनेमामा डेब्यु गर्न लागेको भन्ने समाचारहरु गलत हुन् । कृपया अफवाह नफैलाउनुस ।’ सृष्टिले स्टाटसमा उल्लेख गरेकी छन् ।

नेपाली केहि मिडियाहरुमा सृष्टिले यशराज प्रोडक्सनको ‘सन्दीप और पिंकी फरार’मा अभिनय गर्ने समाचारहरु सम्प्रेषण गरेका थिए । अर्जुन कपूर र परिनिती चोपडाले अभिनय गर्ने सिनेमाका पछिल्ला समाचारमा सृष्टिको बारेमा बलिउड मिडियाले कहिँ कतै पनि लेखेका छैनन् ।