‘अग्निदहन’ पोस्टर रिलिज, भन्नेछ बोक्सीको कथा

‘अग्निदहन’ पोस्टर रिलिज, भन्नेछ बोक्सीको कथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बोक्सी प्रथा विरुद्द निर्माण गरिएको ‘अग्निदहन’को पहिलो पटक पोस्टरहरु सार्वजनिक गरिएको छ ।राजधानीमा एक प्रेसमिट गर्दै सिनेमाको टिमले समाजमा विद्यमान बोक्सी प्रथालाई निर्मुल पार्न ‘अग्निदहन’ले महत्वपूर्ण भूमिका खेल्ने गरि निर्माण गरेको बताए । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा कोवितशरण उपाध्याय प्रस्तुतकर्ता रहेको सिनेमाका निर्देशक घनश्याम लामिछाने हुन् ।

घनश्यामले यसअघि सामजिक कथामा निर्मित ‘धौली’ समेत निर्देशन गरिसकेका छन् । कथा, पटकथा, संवाद लोकमणि पौडेलको रहेको सिनेमामा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुड, तुलसा क्षेत्री, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय छ ।

दिर्घ गुरुङको छायाँकन, दिर्घ खड्काको सम्पादन र जोसन कुँवरको संगीत रहेको सिनेमाको प्रदर्शन मिति तय गरिएको छैन ।