Friday release: ४ मध्ये कुन हेर्ने ?

Friday release: ४ मध्ये कुन हेर्ने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो शुक्रबार ४ नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । तान्द्रो, मेला, रोमियो र सकस यो साताका फ्रेस प्रतिस्प्रधी हुन् । चर्चा गरौ यी चार सिनेमाको बारेमा ।

तान्द्रो: साम्तेन भुटिया निर्देशित सिनेमा द्वन्दकालमा अपांग भएका गंगाबहादुर लामा ‘कमरेड कोशिष’को जीवनीमा आधारित छ । सिनेमाले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । राजधानीका मल्टीप्लेक्समा सर्वाधिक शोज पाएको ‘तान्द्रो’ सिंगलमा भने न्यून छ । उपेन्द्र सुब्बाको पटकथा र रामबाबु गुरुङको संवाद रहेको यो सिनेमालाई सतिशकुमार गौतमले निर्माण गरेका हुन् ।

आधा सुरको संगीत रहेको सिनेमामा दयाहाङ राई, बुद्दी तामाङ, रामबाबु गुरुङ, मनिराम पोखरेल, कमलमणि नेपाल, राजन खतिवडा, सरस्वति चौधरी, जुनु बिष्ट, बाल्मिकी पोखरेल, सम्रांत थापा, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ ।

मेला: युवा पुस्ताको प्रेमकथामा आधारित यो सिनेमामा सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारीको मुख्य भूमिका छ । मल्टीप्लेक्स भन्दा सिंगलमा बढी हल पाएको ‘मेला’का निर्देशक बसन्त निरौला हुन् । राम्रै प्रचार प्रसार गरेर प्रदर्शनमा आएको यो सिनेमामा हरि पन्तको लगानी छ ।

रोमियो: हसनरजा खानले निर्माण गरेको यो सिनेमामा स्वयम् नै मुख्य भूमिकामा छन् । प्रेमकथामा आधारित सिनेमामा हसनका अलावा निशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बानुको मुख्य भूमिका छ । सिंगल थ्रीयटर लक्षित ‘रोमियो’लाई शंकर कार्कीले निर्देशन गरेका हुन् ।

सकस: एनबी महर्जन निर्देशित सिनेमामा विल्सनबिक्रम राई, सुस्मा कार्की, प्रज्वल गिरी, सुन्दर श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।