सावधान: झरना थापाको फेसबुक पनि ह्याक, ह्याकरले फैलाउदैछ जालो !

सावधान: झरना थापाको फेसबुक पनि ह्याक, ह्याकरले फैलाउदैछ जालो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय नेपाली सेलेब्रेटीका फेसबुक अकाउन्टहरु तीव्र रुपमा ह्याक हुन् थालेका छन् । केहि दिन अघि मात्र हामीले निर्माता सुनिलकुमार थापा र निर्माता/अभिनेता रोज राणाको फेसबुक ह्याक भएको समाचार सम्प्रेसन गरेका थियौ ।

पुन: ह्याकरको फन्दामा अभिनेत्री/निर्देशक झरना थापा पनि परेकी छन ।  केहि दिन अगाडी श्रीमान सुनिलकुमारको फेसबुक ह्याक हुनु र अहिले झरनाको ह्याक हुनुमा शंकास्पद व्यक्ति हुन् सक्ने अनुमान लगाइएको छ ।

यस अघि अभिनेत्री पूजा शर्मा, अशिष्मा नकर्मी, सरिता लामिछाने, अभिनेता सविन श्रेष्ठ, नाजिर हुसेन लगायत थुप्रै कलाकार तथा पत्रकारहरुका फेसबुक ह्याक भैसकेका छन् ।