दोस्रो वर्षको पहिलो ‘स्टुडेन्ट’ टाइगर !

दोस्रो वर्षको पहिलो ‘स्टुडेन्ट’ टाइगर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन् २०१२ मा करण जोहर निर्देशित ‘स्टुडेन्ट अफ द ईयर’ले बलिउडमा तिन स्टार दियो । बक्सअफिसमा पनि सफल सिनेमाबाट डेब्यु गरेका वरुण धवन, आलिया भट्ट र सिद्दार्थ मलहोत्राले आफुलाई प्रमाणित गरिसकेका छन् ।

करण जोहर पुन: नयाँ स्टुडेन्ट लिएर यसको सिक्वेल बनाउँदै छन् । र, यसको नयाँ स्टुडेन्टमा स्थापित अभिनेता टाइगर श्रोफ रहेका छन् । करणले आफ्नो ट्वीटर अकाउन्टबाट सिनेमाको पहिलो पोस्टर सार्वजनिक गर्दै २०१८ मा नयाँ स्टुडेन्टका लागि भर्ना खुल्ने जानकारी दिएका छन् ।

 

सिनेमाका लागि अहिलेसम्म निर्माण कम्पनिले कुनै पनि अभिनेत्रीको नाम सार्वजनिक गरेको छैन । पहिलो भागमा दुई अभिनेता थिए भने यसपटक टाइगर सोलो अभिनेतामा रहनेछन । धर्मा प्रोडक्सन, फक्सस्टार र अपूर्भा मेहताको लगानी रहने सिनेमालाई पुनित मलहोत्राले निर्देशन गर्नेछन् ।