मिस युनिभर्स: नग्माले मागिन् भोट, यस्तो छ तरिका

मिस युनिभर्स: नग्माले मागिन् भोट, यस्तो छ तरिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक ‘मिस युनिभर्स’मा भाग लिन लास भेगास पुगेकी नग्मा श्रेष्ठले नेपालीहरुलाई भोट आग्रह गरेकी छन् ।

भोटिङ लाइन मंसीर ४ गते देखि नै खुलिसकेको छ । आगामी आइतबार १० गते हुने फाईनलमा यी नेपाली सुन्दरीले हाम्रो देशको संस्कृति झल्काउने प्रस्तुति दिनेछिन् ।

नग्मालाई भोट गर्न ‘मिस युनिभर्स’को अफिसियल साइटमा गएर आफ्नो मेल ‘लग इन’ गर्नुपर्नेछ । ‘लग इन’ गरेपछी उक्त मेलबाट दिनमा १० ओटासम्म भोट गर्न सकिनेछ । साथै, भोटको लागि ट्वीटर पनि प्रयोग गर्न सकिनेछ । ट्वीटरबाट भोट गर्न #missuniverse#Nepal ह्यासट्याग गर्नु पर्छ र यसको रि-ट्वीट काउन्ट हुनेछ ।

अफिसियल साइटबाट भोट गर्न यो लिंक सर्च गर्न सकिनेछ । https://missuniverse.votenow.tv