‘कृष ४’मा ऋतिकको अपोजिट नवाजुद्दीन ?

‘कृष ४’मा ऋतिकको अपोजिट नवाजुद्दीन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको सर्वाधिक चर्चित सुपरहिरो सिनेमा ‘कृष’को चौथों भाग बन्ने भएको छ । राकेश रोशनको चर्चित सिनेमा ‘कृष’ फ्रेन्चाइज् सबै तहका दर्शक माँझ लोकप्रिय भएकाले निर्माण घोषणा भएदेखि नै चर्चामा छ ।

सिनेमाका मुख्य कलाकार ऋतिक रोशन हुन् । पहिलो भाग ‘कोई मिल गया’बाट चौथों भागसम्म ऋतिक छुटेका छैनन् । ‘कृष’को लागि जति सुपरहिरोको रोल छ, त्यतिनै भिलेनको महत्वपूर्ण भूमिका हुने गर्छ । त्यसैले यो सिनेमाले लामो समय देखि दमदार भिलेनको खोजि गरिरहेको थियो । अन्तत: भिलेनका लागि नवाजुद्दीन सिद्दिकी फाईनल भएका छन् ।

भारतीय मिडियाले दिएको जानकारी अनुसार ऋतिकको अपोजिट नवाजुद्दीन हुनेछन् । बलिउडमा अभिनयबाट दर्शक बटुल्न सक्ने क्षमताका नवाजुद्दीन भएपछी ‘कृष’ फ्रेन्चाइजको चौथों भाग रोमान्चक हुने आशा गरिएको छ । सिनेमाको लागि अन्य कलाकार फाईनल भैसकेका छैनन् । राकेश र ऋतिकले यो वर्ष ‘काबिल’ हिट दिईसकेका छन् । बाबू छोराको यो जोडी बक्सअफिसमा निक्कै फाप्दै आईरहेको छ ।