२९ टेकेकी केकी भन्छिन् ‘महिला पुरुष बराबर नभएसम्म देश विकास हुँदैन !’

२९ टेकेकी केकी भन्छिन् ‘महिला पुरुष बराबर नभएसम्म देश विकास हुँदैन !’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आफ्नो अभिनयबाट नेपाली सिनेमा क्षेत्रमा रुचाईएकी अभिनेत्री केकी अधिकारीले पुष २ गतेका दिन आफ्नो २९ औं जन्मदिन मनाएकी छन् । पुष २८ मा रिलिज हुने सिनेमा ‘राज्जा रानी’ले प्रेसमिटमा केक काटीदिएर केकीलाई शुभकामना दियो ।

सिनेमा ‘स्वर’बाट सिनेमामा अभिनय यात्रा थालेकी केकी म्युजिक भिडियो हुँदै सिनेमामा आएकी हुन् । म्युजिक भिडियोमा जस्तै सिनेमामा सफलता हात पारेकी केकीलाई बौद्दीक अभिनेत्रीको रुपमा पनि चिन्ने गरिन्छ । केकीले अभिनय गरेका प्राय सिनेमाबाट दर्शक निरास बनाउनु परेको छैन । अभिनेत्री हुँदै केकीले निर्माणमा पनि हात हालिसकेकी छन् । उनले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’को छायाँकन सकीसकेको छ ।

आइतबार प्रेससामु जन्मदिन मनाई रहँदा केकी अभिनित ‘राज्जा रानी’को मैथली ‘डब’ ट्रेलर र गीत पनि सार्वजनिक गरियो । सम्भवत: मैथली र नेपाली भाषामा रिलिज हुन् लागेको ‘राज्जा रानी’नै पहिलो सिनेमा हो । पुष २८ गते नै भारतका केहि स्थानमा पनि रिलिज हुने सिनेमाले भोलीबाट देशव्यापी प्रचारप्रसार सुरु गर्दैछ । जसका लागि दाईजो प्रथा विरुद्द काम गर्दै आईरहेको ‘भोर’ नामक संस्थाले सहकार्य गरेको छ । सिनेमाले बालविवाह र दाईजो प्रथा विरुद्दको कथा उठान गरेकाले ‘भोर’ यो सिनेमासँगको सहकार्यमा लागेको संस्थाका अध्यक्ष राजकुमार महत्तोले बताए । यहिँ संस्थाले नै ‘राज्जा रानी’को मैथली भर्सनलाई खरिद गरेको हो ।

केक काट्दै गर्दा केकीले सिनेमाले उठाएको विषयबस्तुले समाज बदल्नमा महत्वपूर्ण भूमिका खेल्ने बताइन । ‘बालविवाह र दाईजो प्रथा अहिले पनि देशका केहि स्थानमा उजागर नै छ । साथै, जनचेतना र शिक्षा कमिले पुरुषको तुलनामा महिलाहरु यसको उच्च जोखिममा छन् । पुरुष भन्दा महिलानै बढी भएको देशमा, महिलालाई घर भित्रको काममा मात्र खटाईयो भने देश विकास कसरी हुन् सक्छ ? त्यसैले जबसम्म महिला पुरुष बराबर हुदैनन् । तवसम्म देश विकास पनि हुदैन ।’ केकीले भनिन् ।

यम थापा निर्देशित सिनेमामा केकी अधिकारी, नाजिर हुसेन र कामेश्वर चौरसियाको मुख्य भूमिका छ । लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

रमेश एमके पौडेल निर्माता रहेको सिनेमामा ताराप्रकाश लिम्बु/दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, र कविराज गहतराज/विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

केकीलाई द सिनेमा टाइम्सको तर्फबाट जन्मदिनको शुभकामना !