मोबाईल सिनेमा प्रतियोगिता ‘दृश्यांश’ आव्हान

मोबाईल सिनेमा प्रतियोगिता ‘दृश्यांश’ आव्हान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सर्वनाम नाटक घरले लघु मोबाईल सिनेमा प्रतियोगिता ‘दृश्यांश’को दोस्रो संस्करण घोषणा गरेको छ । यो मोबाईलबाट मात्र खिचिएका लघु सिनेमाको प्रतियोगिता हो ।

राष्ट्व्यापी रुपमा घोषणा गरिएको यो प्रतियोगितामा आफ्नो जुन सुकै मोबाईलबाट जुनसुकै विषयमा सिनेमा निर्माण गरेर भाग लिन सकिनेछ । त्यसका लागि ३ मिनेटको सिनेमा नेपाली भाषामा निर्माण गर्नुपर्नेछ ।

प्रतियोगिताको लागि समयसिमा २०१८ जनवरी ३१ सम्मलाई छ । यो मिति भित्र निर्मित सिनेमा डिभिडीमा राखेर कालिकास्थानस्थित सर्वनाम थ्रियटर अथवा [email protected]  मा पनि पठाउन सकिनेछ ।

यो प्रतिस्पर्धामा सहभागी मध्येबाट उत्कृष्ट १० सिनेमालाई पुरस्कार वितरण समारोहमा प्रदर्शन समेत गरिनेछ । प्रतिस्पर्धामा प्रथम हुनेले ७५ हजार नगद, दोस्रोले स्यामसुङ ट्याब ३ भी र तेस्रो हुनेले टचकन ट्याब जित्नेछन् । भने, तिनै जनाले ‘दृश्यांश’ अवार्ड सहित सर्वनाममा तिन महिने नाट्य कार्यशालाको निशुल्क टिकट पनि पाउनेछन् । त्यस्तै अडियन्स च्वाइस तर्फका विजेताले ९.७ इन्चको आईप्याड जित्नेछन् ।

‘दृश्यांश’को निर्णायक मण्डलमा सिनेकर्मी दिपक रौनियार, निश्चल बस्नेत, अविनाश विक्रम शाह र सिनेमा समिक्षक शुसिल पौडेल छन् । भने, संयोजक सम्पदा मल्ल हुन् । सिनेमाघर एपको सहआयोजनामा हुन् गैरहेको प्रतियोगितामा नियो स्पेयर, दालभात पावर र कान्तिपुर फिल्म एकेडेमी प्रायोजकका रुपमा छन् ।