विकास बोर्ड अध्यक्षलाई चलचित्र संघद्वारा बधाई ज्ञापन

विकास बोर्ड अध्यक्षलाई चलचित्र संघद्वारा बधाई ज्ञापन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नवनियुक्त चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई नेपाल चलचित्र संघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सोमबार राजधानीमा आयोजित बधाई ज्ञापन कार्यक्रममा संघका अध्यक्ष प्रदीपकुमारको सभापतित्व रह्यो ।

संघका पदाधिकारीहरु, चलचित्र पत्रकार संघ, कलाकार संघका पदाधिकारी र विशिष्ट व्यक्तित्वहरु उपस्थिति रहेको कार्यक्रममा पौडेलले आफ्नो कार्यकालमा सिनेमा क्षेत्रलाई हित हुने धेरै काम गर्ने बताइन । साथै छिट्टैनै आफ्नो कार्यकालका सम्पूर्ण कार्य योजनाहरु पनि सार्वजनिक गर्ने जानकारी दिईन ।

चलचित्र संघका अध्यक्षले पौडेलको बारेमा टिप्पणी गर्नु भन्दा पनि सिनेकर्मीहरु एक भई उनले गर्ने विकासका कार्यमा साथ दिन आग्रह गरे । निकिता पौडेल चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष हुन् ।