तरकारीवालीको ‘लम्फु’ रिलिज मिति कन्फर्म !

तरकारीवालीको ‘लम्फु’ रिलिज मिति कन्फर्म !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कुशुम श्रेष्ठ ‘तरकारीवाली’को डेब्यु अभिनय रहेको सिनेमा ‘लम्फु’को रिलिज डेट फाईनल गरिएको छ । अब सिनेमा आगामी वर्षको बैशाख २८ गते रिलिज हुनेछ । साथै यो सिनेमामा ओस्कार कलेजका छात्र कविर खड्काले पहिलो पटक अभिनय गरेका छन् ।

गोपालचन्द्र लामिछाने निर्देशित सिनेमाका मुख्य कलाकारहरुमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, संजित भण्डारी, कुशाग्रह भट्टराई लगायत छन् । मानिसलाई परिस्थितिले नायक र खलनायक दुवै बनाउँछ भन्ने कथा सिनेमाले बोकेको निर्देशक लामिछानेले बताए ।

पपुलर मल्टीमिडियाको प्रस्तुतिमा निर्मित सिनेमामा शक्तिबल्लभ घोरासैनी लगानी छ । भूपतिको लेखन रहेको सिनेमामा दिपक बज्राचार्यको छायाँकन, हरि सिलवालको सम्पादन, पुनम गौतमको कस्ट्युम डिजाइन र अर्जुन पोखरेलको संगीत छ ।