‘कुटुमा कुटु’लाई ४ करोड भ्युज

‘कुटुमा कुटु’लाई ४ करोड भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘दुई रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ले युट्युबमा ४ करोड भ्युज क्रस गरेको छ । चार करोड भ्युज नेपालको जनसंख्या भन्दा पनि धेरै हो । ४ करोड भ्युज पाउँन यो गीतलाई करिब ७ महिना लाग्यो ।


यो युट्युबमा सर्वाधिक भ्युज पाउने एक मात्र भिडियो पनि बनेको छ । राजनराज सिवाकोटीको शब्द/संगीतमा बनेको यस गीतमा मेलिना राई, राजन इशान र संगीतकार स्वयम्को स्वर छ । यो गीतमा स्वस्तिमा खड्का, बुद्दी तामाङ, असिफ शाह र निश्चल बस्नेतले कम्मर मर्काएका छन् । गीतको कोरियोग्राफी भने कवीराज गहतराजले गरेका हुन् ।