सिनेमाको स्क्रिप्ट लेख्दा ३ लाख पुरस्कार !

सिनेमाको स्क्रिप्ट लेख्दा ३ लाख पुरस्कार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यसअघि दुई संस्करण सम्पन्न भएको ‘नेपाली सिनेमा स्क्रिप्ट लेखन प्रतियोगिता’ सिजन ३ घोषणा गरिएको छ । ‘न्यु नेपाली सिनेमा’को आयोजना हुन् गैरहेको प्रतियोगितामा निशुल्क भाग लिन सक्नेछन ।

थन्केर रहेका कथालाई उजागर उद्येश्यसहित स्क्रिप्ट लेखनको तेस्रो सिजन सुरु गरिएको आयोजक मनोज अधिकारिले जानकारी दिए । स्क्रिप्ट लेखनमा उच्छुक व्यक्तिले कुनै पनि कथामा स्क्रिप्ट लेखेर [email protected] मा पठाउनु पर्नेछ । विजेतालाई ३ लाख नगद पुरस्कार तोकिएको प्रतियोगिताको समयसिमा १६ फेब्रुअरी २०१८ सम्म तोकिएको छ । विजेताको स्क्रिप्टमा सिनेमा निर्माण समेत गरिने आयोजकले बताएको छ ।

‘न्यु नेपाली सिनेमा’ले २०१२ को संस्करणमा ७५ जना र ०१३-०१४ को संस्करणमा १ सय ५० जनाको स्क्रिप्ट पाएको थियो । जहाँ क्रमस… दुवै संस्करणमा रोहित देवकोटा र राजन कठेल विजेता भएका थिए ।