विकास बोर्डद्वारा कलाकारको लागि भारतमा २० दिने तालिम

विकास बोर्डद्वारा कलाकारको लागि भारतमा २० दिने तालिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भारतको पुनेस्थित नेपाली अभिनेता/अभिनेत्रीको लागि २० दिने स्क्रिन अभिनय सम्वन्धी फाउन्डेसन कोर्स आयोजना हुने भएको छ ।

भारतीय फिल्म और टेलिभिजन संस्थानमा हुने २० दिने अभिनय कार्यशालामा सहभागी हुन् चाहने कलाकारले भारतीय दुतावासबाट निर्धारण गरिएको दरखास्त फारम, एक प्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपि र अभिनय सम्वन्धी कागजपत्रहरु संकलन गरि विकास बोर्ड कार्यालयमा बुझाउनु पर्नेछ । साथै, बोर्डको इमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

२०१८ जनवरी ३ सम्मलाई दरखास्तको लागि समयसिमा तोकिएको छ । २० दिने तालिम अंग्रेजी र हिन्दी भाषामा हुनेछ । दरखास्त बुझाउन चाहनेले कम्तिमा केहि नेपाली कथानक सिनेमा वा विज्ञापनमा अभिनय गरेको मापदण्ड पुरा गरेको हुनुपर्नेछ ।