फिल्म सिटीको शिलान्यास

फिल्म सिटीको शिलान्यास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपालमा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी निर्माणको काम सुरु भएको छ । तत्कालिन सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले संयुक्त रुपमा फिल्म सिटीको शिलान्यास गरे ।

समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा अवस्थीत दोलखाको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण हुन लागेको हो । नेपाल चलचित्र विकास बोर्डको समन्वयनमा फिल्म सिटी निर्माण हुने छ । कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा सिनेमाकर्मी तथा अन्य श्रेत्रका मानिसको संलग्नतामा फिल्म सिटी निर्माण तयारी भैरहेको छ ।

शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मृग, घोरल, कस्तुरी लगायतका जंगली जनावर दौडने यो वनमा बन्ने सिनेमा नगरी अन्तर्राष्ट्रिय जगतमै आकर्षकको थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली सिनेमाका मेकरहरुलाई मात्र हैन बिदेशी फिल्म मेकरहरुलाई लक्षितगरी आवास गृहसहित सिनेमाको छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना निर्माण गर्ने गरी परियोजना प्रस्ताव तयार भएको बोर्ड अध्यक्ष पौडेलले सुनाइन् ।

तसर्थ फिल्म सिटी निर्माण नेपाल सरकारले मात्रै निर्माण संभव छैन् । निर्माणका लागि केही दिनमै नेपाली र विदेशी कम्पनीहरुलाई समावेश गर्ने योजना सहति टेण्डर आह्वान गरिनेछ । ५ देखि १० बर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्यका साथ निर्माण हुने फिल्म सिटी भित्र विमानस्थल, पाँचतारे होटल, सिनेमा निर्माणका लागि उपयुक्तस्थल लगायत नेपाली सिनेमा क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने किसिमका संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना तयार भएको छ ।