अनमोल, प्रदीप र सलिनमानका सिनेमा रिलिज हुनै बाँकी ?

अनमोल, प्रदीप र सलिनमानका सिनेमा रिलिज हुनै बाँकी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्ष २०७५को अहिले पौष महिना चलिरहेको छ । नवौं महिनाको आधाआधी सकिनै लाग्दा करिब करिब पाँच दर्जन सिनेमा प्रदर्शन भैसकेका छन् । ती मध्ये थोरै सिनेमाले मात्रै निर्माताको खल्ती भरिदिएका छन् । बाँकी सवै सिनेमाका निर्मातालाई हात लाग्यो सुन्य भएको छ ।

यस वर्ष प्रदर्शनमा आएका मध्ये ‘छक्का पञ्जा ३’, ‘जय भोले’ र ‘नाइ नभन्नू ल ५’ मात्रै नेपालबाटै नाफा कमाउने सिनेमा बनेका छन् । भने ‘रामकहानी’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘चङ्गा चेट’, ‘प्रसाद’, ‘बोबी’, ‘कायरा’ लगायतका केही सिनेमाले नेपाली सिनेमा घरमा औषत सफलता हात पारेका थिए । बाँकी सिनेमाको करोडौं लगानी बालुवामा पानी खन्याए सरह भएको छ ।

यो वर्षको साढे तीन महिना बाँकी रहँदा ठुला र नाम चलेका ब्यानरका प्रतिक्षीत सिनेमा प्रदर्शनको तयारीमा रहेका छन् । जसमध्ये पौषको पहिलो र दोस्रो साता बलिउड र हलिउडका ठुला सिनेमा प्रदर्शनमा आएकोले गर्दा कुनैपनि नेपाली सिनेमा प्रदर्शनमा आएका छैनन् ।

अहिले पनि नेपाली सिनेमा घरमा बलिउड र हलिउडका ठुला सिनेमाको दबदबा रहेकै कारण आगामी शुक्रबार अर्थात पौष २० गतेबाट मात्रै नेपाली सिनेमा हलमा लाग्दैछन् । जसमध्ये पौष २० गतेबाट हलमा ‘जय श्री दाम’, ‘जे सुकै होस्’ र ‘गोल’ एकसाथ प्रदर्शनमा आउँदै छन् ।

विप्लव उप्रेतीको निर्देशनमा तयार भएको सिनेमा ‘जय श्री दाम’मा अमृत ढुगांना, जेविका कार्की, विनोद न्यौपाने, राजन खतीवडा, बिष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै यही मितीमा प्रदर्शनमा आउने अर्को सिनेमा ‘जे सुकै होस्’मा उमेश गुरुङको निर्देशन रहेको छ । भने उमेश गुरुङ, चन्दा दाहाल, नवराज जंग थापा, सुनिल कटुवाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यही मितीमा भिम लामा निर्देशीत सिनेमा ‘गोल’ पनि प्रदर्शनमा आउदैछ ।

यस्तै पौष २७ गतेबाट पनि दुई नेपाली सिनेमा ‘चौका दाउ’ र ‘भिलेन’ले आफ्नो प्रदर्शनको सुरुवात गर्दैछन् । पुर्णेन्दु झाले निर्देशन गरेको सिनेमामा सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झा, वर्षा राउत, अजश्र ढुंगाना, सोनी केसी लगायतका कलाकारको मुख्य भुमिका रहको छ । यता यही मितीमा एक्सन स्टार निखिल उप्रती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीको मुख्य भुमिका रहेको सिनेमा भिलेन पनि प्रदर्शनमा आउदैछ । भिलेनलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

यता माघको पहिलो शुक्रबार अर्थात माघ ४ गतेबाट दुई सिनेमा दि कर्मा र गरुड पुराणले आफ्नो प्रदर्शनको सुरुवात गर्दैछन् । देव कुमार श्रेष्ठले निर्देशन गरेको सिनेमामा भारतीय मोडल तथा अभिनेता करण वर्मा, निता ढुंगाना, परमिता आरएल राणा, संगीता नापित, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यही मितीमा प्रदर्शनमा आउने अर्को सिनेमा गरुड पुराणलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । यो सिनेमामा नाजिर हुसेन, प्रविन खतिवडा, कामेश्वर चौरासिया, प्रियंका सिंह ठकुरी, जान्वी बोहोरा, लुनिभा तुलाधर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

माघको दोस्रो साता शुक्रबार ११ गतेबाट समेत दुई सिनेमा ‘आरोप’ र ‘अनागत’ प्रदर्शनमा आउदैछन् । यी दुवै सिनेमा केही वर्ष पहिले निर्माण भएका हुन् । साम्तेन भुटियाको निर्देशनमा तयार भएको सिनेमा ‘अनागत’मा प्रियंका कार्की, अर्पण थापा, प्रविन खतिवडा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘आरोप’लाई अमर ओलीले निर्देशन गरेका हुन् । सिनेमामा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, सुशिल पोखरेल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

माघको तेस्रो साताबाट तीन सिनेमा ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ एकसाथ प्रदर्शनमा आउदैछन् । फोटो पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमा ‘गोपी’लाई रंगपत्रकार तथा समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । गाई पाल्ने किसानको कथामा निर्माण भएको सिनेमामा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यस्तै यही मितीमा प्रदर्शन हुने एक्सन लभस्टोरी सिनेमा ‘रणवीर’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । सिनेमामा सुशिल सिटौला, सुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, हरिहर शर्मा, बसन्ती भाट लयायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने माघ १८ मानै मनोज गजुरेलको डेव्यु सिनेमा ‘सयकडा दश’ समेत प्रदर्शमा आउदैछ । रामशरण पाठकले निर्देशन गरेको सिनेमामा अमृत ढुंगाना, करुण श्रेष्ठ, सोनिया राई, राजराम पौडेल, रश्मी भट्ट लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यता माघको अन्तीम शुक्रबार २५ गतेबाट भ्यालेनटाइन्स डेको अवसर पारेर ‘समर लभ’, ‘न यता न उता’ र ‘प्रेमलीला’लगायतका तीन सिनेमा एकसाथ प्रदर्शनमा आउदैछन् । मुस्कान ढकालले निर्देशन गरेको सिनेमा ‘समर लभ’ सुविन भट्टराईको चर्चित उन्यास समर लभमाथी निर्माण भएको हो । यही सिनेमाबाट आशिष पिया र रेवती क्षेत्री नेपाली सिनेमामा डेव्यु गर्दैछन् । यो सिनेमामा नम्रता सापकोटा र सुरज सिंह ठकुरीको समेत मुख्य भुमिका रहेको छ ।

‘समर लभ’सँग फरक कमेडी कथामा निर्माण भएको सिनेमा ‘न यता न उता’ समेत प्रदर्शनमा आउदैछ । यो सिनेमालाई मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् । सिनेमामा ऋचा शर्मा, छुल्ठिम गुरुङ, राजाराम पौडेल, रविन्द्र झा, मिराज रोश, समिर दिक्षीत, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस्तै यही मितीमा प्रदर्शन हुने अर्को सिनेमा हो ‘प्रेमलीला’ । जनक पाण्डेले निर्देशन गरेको सिनेमामा दिपशिखा खड्का, भारतीय मोडल अली खान, मौसम खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यस्तै फाल्गुन पहिलो शुक्रबार ३ गतेबाट स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भुमिकामा रहेको सिनेमा ‘बुलबुल’ सोलो रिलिज हुँदैछ । विनोद पौडेलको निर्देशनमा तयार भएको सिनेमालाई राजाराम दाहालले निर्माण गरेका हुन् । सिनेमामा स्वस्तिमाका अलवा मुकुन भुषाल, उज्वल अधिकारी लक्ष्मी बर्देवा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फाल्गुन ११ गतेबाट गोर्खाली सेनाको विरताको कथामा निर्माण भएको सिनेमा ‘रुमालै छ चिनो’ सोलो रिलिज हुँदैछ । रेशम थापाले निर्माण गरेको सिनेमालाई दिनेश शाही ठकुरीले निर्देशन गरेका हुन् । सिनेमामा सुशान्त कार्की, अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, लक्ष्मण विक्रम बस्नेत, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यस्तै फाल्गुनको तेस्रो साता १७ गते शुक्रबारबाट प्रतिक्षीत सिनेमा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ एकसाथ प्रदर्शनमा आउदैछन् । सदाबहार अभिनेता भुवन केसीले निर्माण गरेका सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । सिनेमामा सुपरस्टार नायक अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राई, सरोज खनाल, सुर्यमाला खनाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भुमिकामा रहेका छन् ।

यहि डेटमा अनमोल केसीलाई नेपाली सिनेमामा डेव्यु गराएर स्टार बनाएका निर्देशक हेमराज बिसीले निर्देशन गरेको सिनेमा ‘दि ब्रेकअप’पनी प्रदर्शनमा आउने भएको छ । यो सिनेमा पहिले पौष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर फाल्गुन १७ मै प्रदर्शनमा आउने भनिएको सिनेमा ‘जात्रै जात्रा’को रिलिज पोस्टपोन्ड भए पश्चात ‘दि ब्रेकअप’ फाल्गुन १७ को डेटमा आइपुगेको हो । ‘दि ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

माघ र चैत्रमा दर्जन बढि सिनेमा प्रदर्शन भैरहदा फाल्गुनमा भने केही कम सिनेमा प्रदर्शन हुनेछन् । अघिल्लो हप्ता अनमोल केसी र हेमराज बिसीको सिनेमा प्रदर्शमा आउने र फाल्गुन २५ मा हलिउडको ठुलो सिनेमा ‘क्याप्टेन मार्भल’ प्रदर्शनमा आउने भएकोले पनि अहिले सम्म यो डेटमा कुनैपनि नेपाली सिनेमाले आफ्नो प्रदर्शन मिती तय गर्न सकेका छैनन् ।

तर चैत्रको पहिलो शुक्रबार अर्थात चैत्र १ गते भने नेपाली र अंग्रेजी भाषामा पहिलो पटक निर्माण भएको नेपाली सिनेमा ‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’लगायतका तीन सिनेमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । ‘द म्यान फ्रम काठमाडौं’लाई दशकै ठुलो मल्टिपेलेक्स चेन क्युएफएक्स सिनेमाजले निर्माण गरेको हो । भने यो सिनेमालाई नेपाली मुलका हलिउड निर्देशक पेमा धोन्डुपले निर्देशन गरेका हुन् । सिनेमामा जोसे म्यानुअल, गुल्सन ग्रोवर, हमिद सेख, आना शर्मा, निर शाह, परमिता आरएल राणा, कर्मा शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यही मितीमा धेरै सफल सिनेमामा चिफ एडी गरेर निर्देशमा डेब्यु गरेका बसन्त अधिकारीले निर्देशन गरेको सिनेमा ‘जानी नजानी’पनि प्रदर्शनमा आउदै छ । रोशनी केसीले निर्माण गरेकी हुन् । यो सिनेमामा मनिष सुन्दर श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस्तै चत्रै १ गतेबाटै रिलिज हुने अर्को सिनेमा हो ‘पुरानो बुलेट’ । भिषण राईले निर्देशन गरेको सिनेमामा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चैत्रको दोस्रो सातामा पनी दुई सिनेमा प्रदर्शन हुने छन् । यो मितीमा अपिल बिष्टको निर्देशनमा तयार भएको सिनेमा ‘कागजपत्र’ र बरिष्ट निर्देशक उज्वल घिमिरेले निर्देशन गरेको प्रतिक्षीत सिनेमा ‘लभ स्टेसन’ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बरिष्ट निर्देशक उज्वल घिमिरेले निर्देशन गरेको सिनेमामा युवास्टार प्रदीप खड्का जसिता गुरुङको जोडीलाई एकपटक पुन:दर्शकले हेर्न पाउने भएका छन् । यो जोडी यसभन्दा पहिले मिलन चाम्ले निर्देशन रहेको सिनेमा ‘लिलिबिली’मा देखिएको थियो ।

‘लभ स्टेसन’ चैत्र ८ गते प्रदर्शनमा आउने चर्चा चलेता पनी अहिलेसम्म निर्माण टिमले आधिकारीक प्रदर्शन मिती तय गरि सकेको छैन् । यही मितीमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कागजपत्र’ले भने सिनेमाको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसार थाली सकेको छ । ‘कागजपत्र’मा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यस्तै चैत्रको तेस्रो शुक्रबार १५ गतेबाट दुई ठुला सिनेमा एकसाथ प्रदर्शनमा आउदैछन् । यो मितीमा रामबाबु गुरुङ निर्देशीत ‘साइँली’ र सन्तोषबाबु लोहनीको निर्देशनमा तयार भएको सिनेमा ‘शुभलभ’ प्रदर्शनमा आउने पक्का भएको छ । रामबाबुको ‘साइँली’मा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंह, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यही मितीमा प्रदर्शनमा आउने प्रदीप कुमार उदयको प्रतुतीमा तयार भएको सिनेमा ‘शुभलभ’बाट युवा जोतीष हरिहर अधिकारी, कृष्टिन पौडेल र डाक्टर सुर्या थापा नेपाली सिनेमामा डेव्यु गर्दैछन् । यो सिनेमामा उनीहरुका अलवा राजाराम पौडेल, सरोज खनाल, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

चैत्रको चौथो शुक्रबार २२ गतेबाट दुई नेपाली सिनेमा प्रदर्शनमा आउदैछन् । ती हुन् गणेश बेलबासे निर्देशीत ‘प्रेमनाथ’ र विराज बिष्ट निर्देशीत ‘जीवन काँडा की फूल’ प्रदर्शनमा आउने पक्का भएको छ । ‘प्रेमनाथ’मा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय छ । सिनेमामा राज थापाको मुख्य भूमिका रहेको छ । कृति गौतम र मोनालिशा विष्टले ‘प्रेमनाथ’बाट डेब्यू गर्दैछन् । ‘जीवन काँडा की फूल’मा अवस्था प्रधान, रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, सारीका घिमिरे, किशन सुनार, उमा बेबी लगायतका कलाकारको अभिनय छ ।

यो वर्षकै अन्तिम शुक्रबार चैत्र २९ गतेबाट दुई प्रतिक्षीत सिनेमा प्रदर्शनमा आउदैछन् । यो मितीमा झरना थापा निर्देशीत तथा सुनिल कुमार थापाले निर्माण गरेको गरेको सिनेमा ‘ए मेरो हजुर ३’ र सम्राट शाक्यको डेब्यु निर्देशन रहेको सिनेमा ‘यात्रा अ म्युजिकल भ्लग’ एकसाथ रिलिज हुदैछन् । ‘ए मेरो हजुर ३’मा सुपरस्टार नायक अनमोल केसी, सलोन बस्नेत, अपर्ण थापा, सुहाना थापा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । झरना थापा र निर्माता सुनिल कुमार थापाले यही सिनेमाबाट छोरी सुहाना थापालाई नेपाली सिनेमामा डेब्यु गराउँदै छन् ।

यही मितीमा प्रदर्शनमा आउने अको सिनेमा यात्रालाई बरिष्ट निर्माता केवश भट्टराइ र सुशील पोख्रेलले निर्माण गरेका हुन् । यात्रामा ‘ए मेरो हजुर २’बाट स्टार बनेका अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, मल्लिका महत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।