‘शुभ लभ’ निर्माण टिमले मनायो हरिहरको जन्मदिन

‘शुभ लभ’ निर्माण टिमले मनायो हरिहरको जन्मदिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – युवा ज्योतिष हरिहर अधिकारीले बिहिबार आफ्नो २६ औं जन्मदिन मनाएका छन् । उनले काठमाडौं पहिले पटक अभिनयमा डेव्यु गरेको सिनेमा ‘शुभलभ’ निर्माण टिम र पत्रकारमाझ केक काटेर जन्मदिन मनाएका हुन् । चैत्र १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमामा उनले मिस टिन कृष्टीन पौडेलसँग जोडी बाधेका छन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सन्तोष बाबु लोहनीको निर्देशनमा निर्माण भएको सिनेमा कथा अभिनता तथा युवा ज्योथिष हरिहर अधिकारीको हो । यसलाई पटकथा तथा संवादको स्वरुप अभिमन्यु निरबीले दिएका हुन् । हरिहरको जन्मदिन मनाउने कार्यक्रममा सिनेमा क्षेत्रका चर्चित कलाकार तथा निर्देशक दीपाश्री निरौला, निर्मल शर्मा, कलाकार अनुरागमान सिंह कुवर, बाबुराम दाहाल लगायतको उपस्थीती रहेको थियो ।

जन्मदिनको केक काट्ने कार्यक्रममा बोल्दै हरिहरले शुभलभले आफुलाई ज्योतिष मात्रै नभई एउटा राम्रो कलाकारको रुपमा समेत स्थापीत गर्नेमा विश्वस्त देखिए । शुभलभको कथा आफ्नो जिवनसँग केही हदसम्म मेल खाने बताए । सिनेमामा हरिहर र कृष्टीनका अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, डाक्टर सुर्या थापा, प्रदीप वास्तोला, नम्रता सिंम्खडा लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाको केही दिन पहिले सार्वजनिक फकाउने गीतले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।