अनामनगरमा खुल्यो ‘सिने इक्युमेन्ट हाउस’

अनामनगरमा खुल्यो ‘सिने इक्युमेन्ट हाउस’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – निर्देशक बसन्त निरौलाले काठमाण्डौको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा ल्याएका छन् । निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले मिलेर ‘सिने इम्युमेन्ट हाउस’ खोलेका हुन् । चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकर यो हाउसमा पाइने निर्देशक निरौलाले जानकारी दिए ।

पब्लिसिटी डिजाइनर विजय वस्यालको जन्मदिनको अवसरमा यो हाउस संचालनमा ल्याइएको हो । उक्त सिने इक्युमेन्ट हाउसको राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा शुभकामना दिदै वलीले बर्ष दिनभरी नै हाउसका सामान सिनेमा, म्युजिक भिडियो तथा अन्य प्रयोजनका लागि व्यस्त होस् भनेर शुभकामना दिइन् ।

नेपालमा सिनेमा, म्यूजिक भिडियो तथा विज्ञापन मेकिङको क्रम बढेसँगै यस्ता खालका हाउसहरुको संचालन पनि बढेको छ । संचालकमध्येका एक बसन्त निरौलाले आफूहरुले लामो सोच बोकेर यो हाउस संचालनमा ल्याएको बताए । बजारमा आउने नयाँ प्रविधीलाई पनि हाउसमा भित्राउने योजना रहेको उनले सुनाए ।