सिनेमा क्षेत्रको विकासका लागी बोर्ड अध्यक्षमा मनोनयन दर्ता गरे : योगेश घिमिरे

सिनेमा क्षेत्रको विकासका लागी बोर्ड अध्यक्षमा मनोनयन दर्ता गरे : योगेश घिमिरे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३ गतेबाट रिलिज हुने सिनेमा ‘प्रेम दिवस’का निर्देशक योगेश घिमिरेले चलचित्र विकाश बोर्डको अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । निर्देशक घिमिरे विगत लामो समयबाट नेपाली सिनेमाको निर्माण तथा निर्देशनमा व्यस्त छन् । निर्देशक घिमिरे भन्छन्, आजसम्म मैले नेपाली सिनेमाको विकाशका लागी मरि मेट्ने मान्छे बोर्डमा गएको देखिन । त्यसैले पनि मैले अध्यक्ष पदका लागी मनोनयन दर्ता गरेको हुँ ।

उनले अघिल्लो पटक पनि बोर्ड अध्यक्षको लागी मनामेनयन दर्ता गरेका थिए । निर्देशक घिमिरेका अनुसार जबसम्म विकास वोर्डमा अध्यक्ष पदको लागी विज्ञापन आव्हान गरिन्छ, तबसम्म आफुले मनोनयन दर्ता गरिरहने बताए । आफु बोर्ड अध्यक्ष भएको खण्डमा दुई वर्षसम्म गर्ने सम्पुर्ण कामको कार्य तालिका अहिले देखि नै तयार गरिसकेको निर्देशक घिमिरे बताउँछन् । नेपाल सरकारको सुचना तथा सञ्चार मन्त्रालयले फागुन ३ गते विकाश बोर्डको रिक्त पद पुर्तीको लागी गोरखापत्रमा सुचना प्रकाशन गरेको थियो ।