‘मारुनी’को ‘जाम्न माया जाम’ गीतमा दीपकको स्वर

‘मारुनी’को ‘जाम्न माया जाम’ गीतमा दीपकको स्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अहिले हिट अनि चर्चित गायक हुन दीपक बज्राचार्य । उनले पछिल्लो समय गाएको ‘मन मगन’ बोलको गीतका कारण गायक दिपक बज्रचार्य निकै चर्चामा छन् । उनै दीपकले पहिलो पटक नेपाली सिनेमामा संगीत दिएका छन् । गायक बज्रचार्यको संगीत र स्वरमा समावेश सिनेमा ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकडिङ काठमाण्डौको कृपा डिजिटल स्टूडियोमा गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमामा जम्मा ३ वटा गीत समावेश छन् । जसमा ‘जाम्न माया जाम’ बोलको केही फरक गीत दिपक बज्रचार्यले तयार पारेका हुन् ।

दिपकले भने–‘मैले धेरै पहिले सिनेमाको गीतमा स्वर भरेको थिएँ । तर, सिनेमामा काम गर्न पर्याप्त समय नपाइने, निर्माताले भने अनुसार गीत बनाउनुपर्ने भएपछि मैले यततार्फ रुची देखाइनँ ।’ उनले, यसपटक निर्मात्री पूनम गौतमले आफूले भने अनुसार नै काम गर्ने वातावरण बनाएका कारण सिनेमामा संगीत र स्वर दिएको स्पष्ट पारे ।

यस्तै, निर्मात्री पूनम गौतमले भनिन्–‘मैले दिपक बज्रचार्यजीले भनेकै जती समय दिएको थिएँ । उहाँले ६ महिना माग्नुभयो, मैले ६ महिनामा भनेजस्तो गीत चाहिन्छ भनेपछि उहाँ काम गर्न तयार हुनुभएको हो । अहिले फाइनल गीत सुन्दा खुशी लागेको छ ।’ गायक बज्रचार्यले सामान्य शब्दमा गीत तयार गर्दा दर्शकलाई मनपर्छ भन्ने आफूले वुझेको बताए ।

यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ । यो गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गर्ने निर्मात्री गौतमले बताइन् । फागून १८ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा आउादो वर्षको तीजको अवसरमा भाद्र १३ गतेबाट प्रदर्शन हुने छ । गोविन्द फुयाालको कथा रहेको सिनेमालाई नवल नेपालले निर्देशन गर्नेछन् ।