‘द कपिल शर्मा शो’मा मिस नेपाल निकिता चाण्डक

‘द कपिल शर्मा शो’मा मिस नेपाल निकिता चाण्डक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – २०१७ की मिस नेपाल निकिता चाण्डक ‘द कपिल शर्मा सो’मा अतिथी भएर पुगेकी छन् । आजसम्म कुनै पनि नेपाली सेलिब्रेटी तथा मोलडहरु यो शोमा अतिथी बनेर पुगेको रेकर्ड छैन् । निकिता यो मामलामा निकै भाग्यमानी ठहरीएकी छन् । बलिउडमा ‘द कपिल शर्मा शो’लाई सिनेमाको प्रचार गर्ने सवैभन्दा ठुलो प्ल्याटफर्मको रुपमा लिइन्छ । यस्तै कपिल शर्मालाई बलिउडमा कमेडीको राजाको रुपमा चिन्ने गरिन्छ । हरेक हप्ता आफ्नो सिनेमाको प्रचारका लागि बलिउड स्टारहरु कपिलको सोमा अतिथी बनेर पुग्ने गरेका छन् ।

https://www.instagram.com/p/BurVBv4hM_1/?utm_source=ig_embed

निकिता चाँडै अभिनेता विराज भट्टले निर्माण तथा निर्देशन गर्न लागेको सिनेमा ‘साङ्लो’मा काम गर्दैछिन् । तर निकिताले डेब्यू सिनेमाको रुपमा ’रानी महल’ साइन गरेकी थिइन् । तर, यो सिनेमा आधा छायांकन नसकिँदै निर्माता र निर्देशकको लफडाका कारण अड्किएको छ । अब उनी विराजसँग ‘साङ्लो’मा काम गर्ने तयारीमा छिन् । जसको छायांकन चाँडै सुरु हुँदैछ । यती वेला उनले ‘द कपिल शर्मा सो’ का चर्चित कमेडियन किकु शारदा (बच्चा यादव) सँगको एक तश्बिर इन्स्टाग्राममा सेयर गर्दै आफूलाई सोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् । उनले किकुको पनि प्रशंसा गरेकी छन् ।

नीकिताले लेखेकी छन्, ‘मलाई ‘द कपिल शर्मा सो’ मा बोलाएकोमा किकु शारदा सरलाई धन्यवाद । फेरि एकपटक भेट्ने अवसर पाएकोमा खुसी छु ।’ उनले किकुको काम प्रतिको लगानशिलताको पनि मुक्तकण्ठले प्रशंसा गरेकी छन् । नीकिताले किकुकै भ्यानेटी भ्यानमा तश्बिर क्लिक गरेकी हुन् । नीकिताको कुराले किकु उनको मिल्ने साथी रहेको उनको पोष्ट र सेयर गरेको तस्वीरबाट प्रष्ट हुन्छ । निकिता ‘द कपिल शर्मा सो’मा बलिउडमा करियर बनाउने तयारी स्वरुप गएको बुझ्न सकिन्छ । बलिउडमा परिचित हुन यो शोले धेरै सहयोग गर्नेमा उनी आशावादी छिन् । तर उनले आफु अतिथी भएको एपिसोड कहिले प्रशारण हुन्छ भन्ने खुलाएकी छैनन् ।